सुमन राईको ‘मौनता भित्रको कथा’ एकल चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं — चित्रकार सुमन राईको “मौनता भित्र कथा” एकल चित्र प्रदर्शनी  सुरु भएको छ। ललितपुरको एम क्यूब आर्ट ग्यालरी, चाकुपाटमा मंगलबारदेखि सुरु प्रदर्शनीको औपचारिक उद्घाटन बरिष्ठ चित्रकार मानिष लाल श्रेष्ठले गरेका हुन्।

सृजना कलेज अफ फाइन आर्ट्सबाट स्नातक गरेका राईको कला नेपाली मौलिकता, सांस्कृतिक सम्पदा र दैनिक जीवनका मौन भावहरूमाथि केन्द्रित छ। “मौनतामा कथा” शीर्षकमा उनले यथार्थ र अमूर्तता (realism and abstraction) को संयोजन गर्दै मानव अनुहारका भाव, पुराना पर्खालका बनावट, र सांस्कृतिक प्रतीकहरूको माध्यमबाट मौनतामा लुकेका कथाहरू उजागर गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै बरिष्ठ कलाकार मानिष लाल श्रेष्ठले सुमन राईको कला नेपाली समाजको दृश्य भाषामा गरिएको गहिरो अध्ययन भएको बताए। “उनका चित्रहरू हेर्दा मौनताभित्र लुकेका कथा देख्न सकिन्छ,” उनले भने।

कलाकार राईका अनुसार “मौनता भित्रको कथा” श्रृंखला मानिस, समय, र संरचनाबीचको सम्बन्धबारे प्रश्न उठाउँछ। “हरेक नजर, बनावट र रंगमा एउटा कथा लुकेको हुन्छ,” उनले बताए।

प्रदर्शनीमा मानव संवेदना, सांस्कृतिक स्मृति, र नेपाली जीवनशैलीका विविध पक्ष समेटिएका चित्रहरू समावेश छन्। विशेषगरी पुराना मूर्तिहरू, बालबालिकाका भाव, र समयले छोएका अनुहारहरू उनका प्रमुख विषयवस्तु हुन्। प्रदर्शनी आजदेखि बैशाख ९ गतेसम्म सञ्चालनमा रहनेछ। राईले २०२३ को राष्ट्रिय कला प्रदर्शनीमा कोशी प्रदेशबाट प्रादेशिक पुरस्कार समेत प्राप्त गरेका छन्।

 

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको