सुमन राईको ‘मौनता भित्रको कथा’ एकल चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं — चित्रकार सुमन राईको “मौनता भित्र कथा” एकल चित्र प्रदर्शनी  सुरु भएको छ। ललितपुरको एम क्यूब आर्ट ग्यालरी, चाकुपाटमा मंगलबारदेखि सुरु प्रदर्शनीको औपचारिक उद्घाटन बरिष्ठ चित्रकार मानिष लाल श्रेष्ठले गरेका हुन्।

सृजना कलेज अफ फाइन आर्ट्सबाट स्नातक गरेका राईको कला नेपाली मौलिकता, सांस्कृतिक सम्पदा र दैनिक जीवनका मौन भावहरूमाथि केन्द्रित छ। “मौनतामा कथा” शीर्षकमा उनले यथार्थ र अमूर्तता (realism and abstraction) को संयोजन गर्दै मानव अनुहारका भाव, पुराना पर्खालका बनावट, र सांस्कृतिक प्रतीकहरूको माध्यमबाट मौनतामा लुकेका कथाहरू उजागर गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै बरिष्ठ कलाकार मानिष लाल श्रेष्ठले सुमन राईको कला नेपाली समाजको दृश्य भाषामा गरिएको गहिरो अध्ययन भएको बताए। “उनका चित्रहरू हेर्दा मौनताभित्र लुकेका कथा देख्न सकिन्छ,” उनले भने।

कलाकार राईका अनुसार “मौनता भित्रको कथा” श्रृंखला मानिस, समय, र संरचनाबीचको सम्बन्धबारे प्रश्न उठाउँछ। “हरेक नजर, बनावट र रंगमा एउटा कथा लुकेको हुन्छ,” उनले बताए।

प्रदर्शनीमा मानव संवेदना, सांस्कृतिक स्मृति, र नेपाली जीवनशैलीका विविध पक्ष समेटिएका चित्रहरू समावेश छन्। विशेषगरी पुराना मूर्तिहरू, बालबालिकाका भाव, र समयले छोएका अनुहारहरू उनका प्रमुख विषयवस्तु हुन्। प्रदर्शनी आजदेखि बैशाख ९ गतेसम्म सञ्चालनमा रहनेछ। राईले २०२३ को राष्ट्रिय कला प्रदर्शनीमा कोशी प्रदेशबाट प्रादेशिक पुरस्कार समेत प्राप्त गरेका छन्।

 

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको