दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडौँ – चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भारतको आसाम राज्यमा पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् र हाल काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छन्। घटनापछि फरार रहेका प्रसाईको लोकेसन विभिन्न माध्यमबाट पत्ता लगाइएको थियो। पक्राउबारे प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। यद्यपि, उनका परिवारका सदस्यले भने उनी आफैं सुरक्षा खोज्दै आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेका छन्।

तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए। साथै, त्यहाँ व्यापक तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो।

फरार भएपछि पनि दुर्गा प्रसाईले सामाजिक सञ्जालमा दुई वटा भिडिओ सार्वजनिक गर्दै आफ्नो पक्ष राख्ने प्रयास गरेका थिए। तर प्रहरीको व्यापक खोजी र सुराकीका आधारमा अन्ततः उनी पक्राउ परेका हुन्।

प्रसाईसँगै भारत भागेका उनका सहयोगीहरू भने अहिले आफैं नेपाल फर्कंदै गरेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ। तीनकुने घटनाको सम्पूर्ण अनुसन्धानपछि दोषीमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

सिफारिस

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी र सिमसार क्षेत्रमा भ्यागुताको आवाज गुञ्जिन थालेको छ। धान रोपाइँको तयारी भइरहेका बेला खेतका आलि...

भर्खरै

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

धेरै पढिएको