दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडौँ – चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भारतको आसाम राज्यमा पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् र हाल काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छन्। घटनापछि फरार रहेका प्रसाईको लोकेसन विभिन्न माध्यमबाट पत्ता लगाइएको थियो। पक्राउबारे प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। यद्यपि, उनका परिवारका सदस्यले भने उनी आफैं सुरक्षा खोज्दै आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेका छन्।

तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए। साथै, त्यहाँ व्यापक तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो।

फरार भएपछि पनि दुर्गा प्रसाईले सामाजिक सञ्जालमा दुई वटा भिडिओ सार्वजनिक गर्दै आफ्नो पक्ष राख्ने प्रयास गरेका थिए। तर प्रहरीको व्यापक खोजी र सुराकीका आधारमा अन्ततः उनी पक्राउ परेका हुन्।

प्रसाईसँगै भारत भागेका उनका सहयोगीहरू भने अहिले आफैं नेपाल फर्कंदै गरेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको छ। तीनकुने घटनाको सम्पूर्ण अनुसन्धानपछि दोषीमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको