‘ललितकला मेला–२०८२’ सुरु, संस्कृति मन्त्री पाण्डेद्वारा उद्घाटन (तस्वीरहरू)

काठमाडौं – नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको अवसरमा ‘ललितकला मेला–२०८२’ मङ्गलवारदेखि सुरु भएको छ।

मेलाको उद्घाटन प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री पाण्डेले कला समाजको अन्तर्चेतना जगाउने माध्यम भएको बताउँदै, परम्परागत ज्ञान र सीपको पुस्तान्तरणमा जोड दिनुभयो। “कलामा साधनारत कलासाधकहरूले समाजको परिवेश र जीवनदर्शनलाई आत्मसात् गरी आफ्नो गन्तव्य तय गर्नुपर्छ,” मन्त्री पाण्डेले भन्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पहिलो पटक आयोजना गरिएको मेलामा कलाकार, विद्यार्थी, कला सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको बताउँदै यसले प्रतिष्ठानलाई थप ऊर्जा दिएको धारणा राख्नुभयो। उहाँले मेलालाई आगामी वर्षहरूमा अझ भव्य रूपमा आयोजना गरिने जानकारी पनि दिनुभयो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले सानो प्रयासबाट ठूलो सुरुवात हुने उल्लेख गर्दै मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकलाको विविध विधाहरूलाई समेटेर मेलाको आयोजना गरिएको बताउँदै, यसले प्रतिष्ठानलाई कला हबको रूपमा विकास गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, ललितकलाको बजार प्रवर्द्धन र कला पर्यटनको विकासमा सघाउने उल्लेख गर्नुभयो।

मेलामा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, बहुआयामिक कला तथा अन्य सिर्जनात्मक विधामा आधारित कृति र सामग्रीहरूको प्रदर्शन तथा विक्रि गरिएको छ।

४५ भन्दा बढी स्टलहरू रहेको यो मेला वैशाख ६ गतेसम्म ललितकला प्रज्ञा–प्रतिष्ठानको परिसरमा सञ्चालन हुनेछ।

तस्बिरहरु : प्रकाश मगर

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको