‘ललितकला मेला–२०८२’ सुरु, संस्कृति मन्त्री पाण्डेद्वारा उद्घाटन (तस्वीरहरू)

काठमाडौं – नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको अवसरमा ‘ललितकला मेला–२०८२’ मङ्गलवारदेखि सुरु भएको छ।

मेलाको उद्घाटन प्रतिष्ठानका संरक्षक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री पाण्डेले कला समाजको अन्तर्चेतना जगाउने माध्यम भएको बताउँदै, परम्परागत ज्ञान र सीपको पुस्तान्तरणमा जोड दिनुभयो। “कलामा साधनारत कलासाधकहरूले समाजको परिवेश र जीवनदर्शनलाई आत्मसात् गरी आफ्नो गन्तव्य तय गर्नुपर्छ,” मन्त्री पाण्डेले भन्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पहिलो पटक आयोजना गरिएको मेलामा कलाकार, विद्यार्थी, कला सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको बताउँदै यसले प्रतिष्ठानलाई थप ऊर्जा दिएको धारणा राख्नुभयो। उहाँले मेलालाई आगामी वर्षहरूमा अझ भव्य रूपमा आयोजना गरिने जानकारी पनि दिनुभयो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले सानो प्रयासबाट ठूलो सुरुवात हुने उल्लेख गर्दै मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकलाको विविध विधाहरूलाई समेटेर मेलाको आयोजना गरिएको बताउँदै, यसले प्रतिष्ठानलाई कला हबको रूपमा विकास गर्न टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, ललितकलाको बजार प्रवर्द्धन र कला पर्यटनको विकासमा सघाउने उल्लेख गर्नुभयो।

मेलामा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, बहुआयामिक कला तथा अन्य सिर्जनात्मक विधामा आधारित कृति र सामग्रीहरूको प्रदर्शन तथा विक्रि गरिएको छ।

४५ भन्दा बढी स्टलहरू रहेको यो मेला वैशाख ६ गतेसम्म ललितकला प्रज्ञा–प्रतिष्ठानको परिसरमा सञ्चालन हुनेछ।

तस्बिरहरु : प्रकाश मगर

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको