शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको छ। गृह जिल्ला संखुवासभाका शिक्षकहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खड्काले शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

“प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय हुन्छ। शिक्षकहरू सधैं सम्मानित र आदरणीय पात्र हुन्,” मन्त्री खड्काले भन्नुभयो।

उहाँले शिक्षकहरूबाट भएको ऐतिहासिक योगदानको स्मरण गर्दै संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकमैत्री रहेको उल्लेख गर्नुभयो। “माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो। अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्‍याउन सक्छ,” उहाँको तर्क थियो।

यसर्थ, मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने उहाँले जोड दिनुभयो।

मन्त्री खड्काले ऐन संशोधन जस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने स्वीकार गर्दै पनि विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको दाबी गर्नुभयो।
“वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो। शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्छ,” उहाँले आग्रह गर्नुभयो।

मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको उल्लेख गर्दै, आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल शिक्षक महासंघ संखुवासभाका उपाध्यक्ष मोदमणि दाहालको सभापतित्व रहेको थियो भने सञ्चालन अर्जुन कुमार बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेज प्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई बेवास्ता नगर्न ऊर्जामन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।

चौलागाईंले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक संघर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो। साथै, माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने दिनुभयो।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको