शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आन्दोलनरत शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभएको छ। गृह जिल्ला संखुवासभाका शिक्षकहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खड्काले शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

“प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय हुन्छ। शिक्षकहरू सधैं सम्मानित र आदरणीय पात्र हुन्,” मन्त्री खड्काले भन्नुभयो।

उहाँले शिक्षकहरूबाट भएको ऐतिहासिक योगदानको स्मरण गर्दै संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकमैत्री रहेको उल्लेख गर्नुभयो। “माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो। अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पुर्‍याउन सक्छ,” उहाँको तर्क थियो।

यसर्थ, मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने उहाँले जोड दिनुभयो।

मन्त्री खड्काले ऐन संशोधन जस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने स्वीकार गर्दै पनि विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको दाबी गर्नुभयो।
“वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो। शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्छ,” उहाँले आग्रह गर्नुभयो।

मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको उल्लेख गर्दै, आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई पुनः आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल शिक्षक महासंघ संखुवासभाका उपाध्यक्ष मोदमणि दाहालको सभापतित्व रहेको थियो भने सञ्चालन अर्जुन कुमार बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेज प्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई बेवास्ता नगर्न ऊर्जामन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।

चौलागाईंले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक संघर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो। साथै, माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने दिनुभयो।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको