प्राधिकरण खर्बको ऋणमै, गलत तथ्यांक देखाएर कुलमानले छरेका थिए भ्रम

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले देखाउँदै आएको नाफा गलत रहेको पाइएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार दिर्घकालिन ऋण रु दुई खर्ब ४८ अर्ब रहेको देखिन्छ ।
प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व भने रु तीन खर्ब ८५ अर्ब रहेको देखिन्छ । यो तथ्याङ्कले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफामा भएको भनी गरेको दावी झुटो देखिएको छ ।
प्राधिकरणले सरकारको आन्तरिक स्रोतबाट मात्र रु ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायतर्फको रु एक खर्ब ७१ अर्ब ४ करोड गरी जम्मा रु दुई खर्ब ४८ अर्ब ऋण चलाएको तथ्याङ्कमा देखिन्छ । यो तथ्याङ्कले घिसिङले भ्रमणपूर्ण रुपमा नाफाको झुटो प्रचार गरेको देखिन्छ ।
प्राधिकरणले विभिन्न न्यायिक तथा अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाबाट रु ८ अर्ब ४० करोड रुपैँया तिनुपर्ने हुनसक्ने देखिन्छ । यदी यी मुद्दाहरु टुंगीएर दायित्व वहन गर्नुपर्ने भयो भने प्राधिकरण थप घाटामा जाने देखिन्छ । प्राधिकरणले सहायक र सम्बद्ध कम्पनीको प्रवद्र्धनका लागि मात्र रु ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत दिएको उल्लेख छ । उक्त जमानत वापतको रकम तत्काल प्राधिकरणको खातामा आउने सम्भावना छैन ।
कुलमानको ‘नाफा’को भ्रम, वास्तविकता नोक्सानीमा
प्राधिकरणको कुल सञ्चित नाफा ०८०÷०८१ सम्म रु ४६ अर्ब  ४७ करोड रहेको उल्लेख छ । चालू आवको फागुन मसान्तसम्म रु ९ अर्ब ८४ करोड नाफा रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यो तथ्यांक भएपनि प्राधिकरणले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी गरी नाफा नोक्सान गणना गर्दा हालसम्म रु ५ अर्ब २६ करोड नोक्सानमा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो प्राधिकरणको वर्तमानको वास्तविकता हो । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले आफू लोकप्रिय हुनका लागि कर तिर्नुपर्ने रकमलाई नाफामा जोडि देखाएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
घिसिङले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी नगरी केवल नाफामात्रै गणना गरेर आफू लोकप्रिय बनेका थिए । उनले आफ्नो कार्यकालभरी यही झुटो प्रचार गरेर प्राधिकरण नाफामा रहेको देखाइरहे । तर प्राधिकरणको वास्तविकता लामो समयदेखि घाटामै चल्दै आएको थियो । घाटाको कुरा देखाउँदा आफ्नो लोकप्रियतामा कमी आउने भएपछि ह्रासकट्टी नै नगरी नाफामा तथ्यांक देखाएर घिसिङले  भ्रममा पारेको प्राधिकरणको वर्तमान तथ्यांकले पुष्टि गर्छ ।
महालेखा परीक्षकको प्रतिवेदनले समेत रु ७ अर्ब १९ करोड खर्च नलेखेको र  चार अर्ब ७२ करोड आम्दानी बढी लेखाङ्कन गरेको भन्दै घिसिङले गरेको दावीमा गल्ती औँल्याएको थियो । कुलमानले २०८०÷०८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा भएको उल्लेख गरेपनि महालेखा परीक्षकको प्रतिवेदनले नाफा नोक्सानको हिसावका आधारमा नाफा नभई रु एक अर्ब नौ करोड नोक्सान भएको दावी गरेको थियो ।
महालेखाको प्रतिवेदनमा औँल्याएका कैफियत र प्राधिकरणले तयार गरेको वित्तिय अवस्थाको मुलभूत विवरणमा नै फरक रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यही तथ्यांकलाई समेटेर प्राधिकरणले वास्तविक अवस्था जानकारी गराउन श्वेतपत्र ल्याउने तयारी गरेको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको वास्तविकतामा आधारित गराएर सही तथ्यांकहरुलाई देखाएर श्वेतपत्र ल्याउन निर्देशन दिँदै आएका थिए ।
प्राधिकरणले मन्त्रीको निर्देशनका आधारमा प्राधिकरणलाई विश्वसनीय बनाउन र प्राधिकरणको वास्तविक आर्थिक अवस्था पहिचान गर्न सम्पत्ती तथा दायित्व मूल्यांकन (डिडिए) को प्रक्रिया अगाडि बढाउन श्वेतपत्र ल्याउन लागेको हो । प्राधिकरणका अनुसार केही दिनमै श्वेतपत्र जारी गरी वास्तविक स्थिति पारदर्शी रुपमा सार्वजनिक गरिनेछ

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको