प्राधिकरण खर्बको ऋणमै, गलत तथ्यांक देखाएर कुलमानले छरेका थिए भ्रम

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले देखाउँदै आएको नाफा गलत रहेको पाइएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार दिर्घकालिन ऋण रु दुई खर्ब ४८ अर्ब रहेको देखिन्छ ।
प्राधिकरणले व्यहोर्नुपर्ने दायित्व भने रु तीन खर्ब ८५ अर्ब रहेको देखिन्छ । यो तथ्याङ्कले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण नाफामा भएको भनी गरेको दावी झुटो देखिएको छ ।
प्राधिकरणले सरकारको आन्तरिक स्रोतबाट मात्र रु ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायतर्फको रु एक खर्ब ७१ अर्ब ४ करोड गरी जम्मा रु दुई खर्ब ४८ अर्ब ऋण चलाएको तथ्याङ्कमा देखिन्छ । यो तथ्याङ्कले घिसिङले भ्रमणपूर्ण रुपमा नाफाको झुटो प्रचार गरेको देखिन्छ ।
प्राधिकरणले विभिन्न न्यायिक तथा अर्धन्यायिक निकायमा विचाराधीन मुद्दाबाट रु ८ अर्ब ४० करोड रुपैँया तिनुपर्ने हुनसक्ने देखिन्छ । यदी यी मुद्दाहरु टुंगीएर दायित्व वहन गर्नुपर्ने भयो भने प्राधिकरण थप घाटामा जाने देखिन्छ । प्राधिकरणले सहायक र सम्बद्ध कम्पनीको प्रवद्र्धनका लागि मात्र रु ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत दिएको उल्लेख छ । उक्त जमानत वापतको रकम तत्काल प्राधिकरणको खातामा आउने सम्भावना छैन ।
कुलमानको ‘नाफा’को भ्रम, वास्तविकता नोक्सानीमा
प्राधिकरणको कुल सञ्चित नाफा ०८०÷०८१ सम्म रु ४६ अर्ब  ४७ करोड रहेको उल्लेख छ । चालू आवको फागुन मसान्तसम्म रु ९ अर्ब ८४ करोड नाफा रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यो तथ्यांक भएपनि प्राधिकरणले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी गरी नाफा नोक्सान गणना गर्दा हालसम्म रु ५ अर्ब २६ करोड नोक्सानमा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो प्राधिकरणको वर्तमानको वास्तविकता हो । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले आफू लोकप्रिय हुनका लागि कर तिर्नुपर्ने रकमलाई नाफामा जोडि देखाएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
घिसिङले आयकर ऐनको प्रावधान अनुसार ह्रासकट्टी नगरी केवल नाफामात्रै गणना गरेर आफू लोकप्रिय बनेका थिए । उनले आफ्नो कार्यकालभरी यही झुटो प्रचार गरेर प्राधिकरण नाफामा रहेको देखाइरहे । तर प्राधिकरणको वास्तविकता लामो समयदेखि घाटामै चल्दै आएको थियो । घाटाको कुरा देखाउँदा आफ्नो लोकप्रियतामा कमी आउने भएपछि ह्रासकट्टी नै नगरी नाफामा तथ्यांक देखाएर घिसिङले  भ्रममा पारेको प्राधिकरणको वर्तमान तथ्यांकले पुष्टि गर्छ ।
महालेखा परीक्षकको प्रतिवेदनले समेत रु ७ अर्ब १९ करोड खर्च नलेखेको र  चार अर्ब ७२ करोड आम्दानी बढी लेखाङ्कन गरेको भन्दै घिसिङले गरेको दावीमा गल्ती औँल्याएको थियो । कुलमानले २०८०÷०८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा भएको उल्लेख गरेपनि महालेखा परीक्षकको प्रतिवेदनले नाफा नोक्सानको हिसावका आधारमा नाफा नभई रु एक अर्ब नौ करोड नोक्सान भएको दावी गरेको थियो ।
महालेखाको प्रतिवेदनमा औँल्याएका कैफियत र प्राधिकरणले तयार गरेको वित्तिय अवस्थाको मुलभूत विवरणमा नै फरक रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ । यही तथ्यांकलाई समेटेर प्राधिकरणले वास्तविक अवस्था जानकारी गराउन श्वेतपत्र ल्याउने तयारी गरेको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको वास्तविकतामा आधारित गराएर सही तथ्यांकहरुलाई देखाएर श्वेतपत्र ल्याउन निर्देशन दिँदै आएका थिए ।
प्राधिकरणले मन्त्रीको निर्देशनका आधारमा प्राधिकरणलाई विश्वसनीय बनाउन र प्राधिकरणको वास्तविक आर्थिक अवस्था पहिचान गर्न सम्पत्ती तथा दायित्व मूल्यांकन (डिडिए) को प्रक्रिया अगाडि बढाउन श्वेतपत्र ल्याउन लागेको हो । प्राधिकरणका अनुसार केही दिनमै श्वेतपत्र जारी गरी वास्तविक स्थिति पारदर्शी रुपमा सार्वजनिक गरिनेछ

सिफारिस

प्राधिकरणको श्वेतपत्र: डेडिकेटेड र ट्रंकलाइनको बक्यौता मन्त्री खड्काको निर्देशनअनुसार असुली सुरु हुने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल कडाइका साथ असुली गरिने स्पष्ट पारेको छ। प्राधिकरणले एक पत्रकार सम्मेलनको आयोजना गरी यसबारे...

के छ सरकारले ल्याएको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण...

कस्तो होला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

के छ सरकारले ल्याएको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष...

कस्तो होला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका...

यी हुन् शिक्षक र सरकारबीच भएको सहमतिका ९ बुँदा

काठमाडौँ - नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे...

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत...

मौसम: आज देशभर वर्षाको सम्भावना

आज बुधबार देशभर विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षा हुने...

धेरै पढिएको