धादिङको सिङ्ल्हा माने: लुकेको पवित्र धरोहर (तस्वीरहरू)

धादिङ – प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक गाथाले भरिएको धादिङको सिङ्ल्हा माने क्षेत्रमा पहिलोपटक बुद्ध जयन्तीको अवसरमा विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

धादिङको खनियाँवास गाउँपालिका र रूबी भ्याली गाउँपालिकाको सिमाना क्षेत्रमा अवस्थित, ४२०० मिटरको उचाइमा फैलिएको सिङ्ल्हा माने, धादिङ, रसुवा र नुवाकोट जिल्लाको संगम बिन्दु पनि हो। यो क्षेत्र बौद्ध धर्मका गुरु रिम्पोछे (पद्म सम्भव) ले तपस्या गरेको पवित्र भूमि मानिन्छ भने बोन धर्ममा बोम्पो (झाँक्री) परम्पराका लागि ज्ञानको केन्द्रका रूपमा चिनिन्छ।

परापूर्वकालदेखि नै तामाङ समुदायका बोम्पो र लामाहरू जनै पूर्णिमाका दिन यहाँ प्रार्थना, शक्ति आर्जन तथा चेला दीक्षाका लागि आउने परम्परा रहिआएको छ। तर जनै पूर्णिमाको समयमा मनसुनका कारण मेला भर्न गाह्रो हुने भएकाले अबदेखि बुद्ध जयन्तीमा मेला आयोजना गरिने निर्णय गरिएको छ।

सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजका अध्यक्ष मङ्ग तामाङका अनुसार, “अब हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गरिनेछ। मौसम सफा हुने भएकाले टाढा टाढाबाट दर्शनार्थीहरू सजिलै पुग्न सक्नेछन्।”

महोत्सवका संयोजक तथा सामाजिक अभियन्ता दिनेश तामाङले सिङ्ल्हा क्षेत्र धार्मिक मात्र नभई पर्यटनको अथाह सम्भावना बोकेको गन्तव्य भएको बताए। “लुकेको र गुमनाम बसिरहेको सिङ्ल्हालाई पर्यटन नक्सामा स्थापित गर्न हामीले महोत्सव आयोजना गरेका हौँ,” उनले भने।

नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक कुमार तामाङले भने, “धार्मिक, ऐतिहासिक र प्राकृतिक हिसाबले सिङ्ल्हा शक्तिशाली स्थान हो। यस क्षेत्रको प्रवर्द्धन राज्यको ध्यानाकर्षण गराउनुपर्ने खाँचो छ।”

रूबी भ्याली गाउँपालिका–३ का वडाध्यक्ष फे दोर्जे तामाङले सिङ्ल्हाको पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्न पहल भइरहेको बताए।“राजनीतिक दल, सरोकारवाला, अभियन्ता र स्थानीयको सहकार्यमा अध्ययनपछि व्यवस्थित विकास सम्भव छ,” उनले स्पष्ट पारे।

काठमाडौँको बालाजुबाट गल्छी–त्रिशूली–किस्पाङ–भाल्चे–गोङ्गा हुँदै गाडीमार्फत जान सकिन्छ। गोङ्गाबाट साढे तीन घण्टाको पैदलयात्रापछि रुपचेत पुगिन्छ, त्यहाँबाट करिब डेढ घण्टा उकालो हिँडेपछि सिङ्ल्हा माने पुगिन्छ। गणेश हिमाल, लाङटाङ, पाल्दोर पिक र मनास्लु हिमालका दृश्य, लमतन्न हरियाली चौर, झरना र जैविक विविधताले भरिपूर्ण सिङ्ल्हा क्षेत्रमा रहेका शक्तिशाली कुण्ड, बौद्ध स्तूप, बोम्पो परम्पराका सांस्कृतिक चिह्नहरूले यो स्थललाई अद्वितीय बनाउँछ।

सिङ्ल्हा माने केवल धार्मिक स्थल होइन, यो प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण गन्तव्य हो। स्थानीयको पहल र प्रतिबद्धताले यसलाई पर्यटकीय नक्सामा स्थापित गर्ने प्रयासले नयाँ गति लिएको छ। अब राज्य र सम्बन्धित निकायको सहयोगले मात्र यसको दीर्घकालीन विकास सुनिश्चित हुन सक्छ।

       

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको