राजनीतिको गेरु मोडेल र राजसंस्थाको पुनरावलोकन

गेरु सँग ‘प्रेम’ पनि छ ,डर पनि छ । केहीलाई ‘डर’ गेरु राजनीतिको घोडा चढेर राजसंस्था फर्कन्छ की भन्ने डर छ भने केहीलाई राजसंस्था फर्किएमा आफ्नो अस्तित्व खतम हुन्छ भन्नेछ । केहीलाई गणतन्त्र कै घोडा चढेर राजसंस्थाको फिर्तीका लागि शिकार खेल्ने सपना पनि छ ।

देशमा गणतन्त्र की राजसंस्था भन्ने एजेण्डामा पुग्न निक्कै लामो समय लाग्यो । यसका निम्ति राजा र राजपरिवारका सदस्यहरुको निरञ्तरको देश भ्रमण हाल देखिएका पुराना र नयाँ राजावादी कित्ताका अनुहारहरु नै हुन् । यस समयसम्म आउँदा बिगतमा धेरै हण्डर , ठक्करहरु खाइयो ।

राजावादी आन्दोलनको इतिहासमा सबै भन्दा ठूलो घटना गत चैत १५ गते घट्यो । जसमा राजसंस्था र हिन्दु अधिराज्यका मुद्दामा २ जना निर्दोष नागरिकले मृत्यु वरण गर्न पुगे । केही घाईते भए , बिभत्स घटनापछि केही साथीहरुलाई जेल चलान गरिएको दुखद अवस्था छ । केहि धरौटीमा रिहा भए ।

मलाई लाग्छ १५ गते चैतको घटनाले सरकार र आन्दोलन कारीलाई ठूलो शिक्षा दियो । त्यसै दिन राजाबादी आन्दोलनलाई काउण्टर दिन सत्तापक्षले कार्यक्रम नराखेको भए सायद त्यो विभत्स घटना घट्ने थिएन ।

त्यस पछि, राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा राजाबादी आन्दोलनको समाचार ‘हटकेक’को रुपमा निरन्तर चल्यो । घोचपेच र आपसी द्वन्द्व पनि राम्रैसँग छताछुल्ल भयो । राजाबादीहरुको नेताहुने सपना पनि जनआन्दोलन समितिले पूरा गरिदियो । म आफूले पनि पंचायत कालिन नेता आदरणीय नवराज सुवेदीज्यूको संयोजकत्वमा काम गर्ने र अनुभव हासील गर्ने अवसर प्राप्त गरेँ । उहाँको ८७ बर्षे उमेर र १९ बर्षे जोश जाँगर प्रेरणादायी बनेका छन् । बर्तमान राजनीतिक परिवेश , देश बिदेश , युवा महिला , जाती जनजातिका सवालमा उहाँ सँग संगत नगरी उहाँको तन्नेरी सकृयताको अन्दाज गर्न सकिदैन ।

प्रत्येक बर्ष झैं गत बर्षको प्रजातन्त्र दिवसको अवसर पारेर देशको हीतको लागि राजसंस्थाको विरासत समेत त्याग गरेको र देशको निम्ति अझै के के त्याग गर्नु पर्छ त्यसका लागि आफू तयार रहेको सन्देश राजाबाट आयो । देशबासीका नाममा आएको उक्त संदेशमा बतर्मान राजनीतिक परिस्थितिबाट देशलाई निकास दिनका लागि आफूलाई साथ दिन राजाबाट अनुरोध भए पछि पोखराबाट राजा काठमाडौं फर्कदा राजा ज्ञानेन्द्रलाई ऐतिहासिकरुपमा जनसागर उर्लेर नागरिक अभिनन्दन तथा स्वागत गरे । यो स्वागतले गणतन्त्रमा सात सेक्टर स्केलको भुकम्प नै पैदा गरायो।

गणतन्त्रबादी नेताहरु कतै राजालाई यो भिडले नारायण हिटी मै भित्र्याउने हो की भनेर डराएर नारायणहिटी दरबार वरिपरिको सुरक्षा कडा गरे । उनीहरु पनि सोही दिन देखि अब राजसंस्था की गणतन्त्र भनेर सोच्न बाध्य भएका छन् ।

राजालाई एयरपोर्टमा स्वागत गर्दा योगी आदित्यनाथ जीको तस्विर प्रयोगको बिषयले राम्रै चर्चा पायो तर, यो सुनयोजित भने थिएन ! राजाको स्वागतको चर्चा सदन , सडक र अन्तर्राष्ट्रमा समेत रह्यो। तर, यो कार्यको कमान्डर कोही थिएन , अर्थात् एयरपोर्टको कार्यक्रम पूर्व नियोजित थिएन । केही समय पश्चात पंचायतका हस्ति नेता नवराज सुवेदी ज्यूको नेतृत्वमा एक जनआन्दोलन समिति बन्यो । समिति बन्नु पूर्व नै तय गरिएको नागरिक बचाउ अभियानको कार्यक्रम जनआन्दोलन समितिले समर्थन गर्यो । गत२०८१ चैत १५ गतेको कार्यक्रमको नेतृत्व दुर्गा प्रसाईले लिए पनि उक्त कार्यक्रमको संयोजन जनआन्दोलन समितिले लिएको थियो !!

उक्त कार्यक्रममा सरकार धेरै नै उत्तेजीत भयो । सयौ राउण्ड गोली चल्यो। सयौ सेल अश्रु ग्यास बर्सीयो। मानिसहरुलाइ गोली लाग्यो। कर्फ्यु लाग्यो …………आन्दोलन कारी प्राय सबैलाइ सरकारले थुन्यो ! माननीय धवल शमशेर राणा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, पशुपति खड्का, सन्तोष राजाबादीलगायत थुनामा परे । संयोजक घर मै नजरबन्दमा पर्नु भो । बिश्व हिन्दु महासंघका उपाध्यक्ष राधेश्याम थापा लगायत केहिलाई मञ्च मै लाठीचार्ज गरि टाउको फुटायो अर्थात् ब्यापक प्रहरी दमन भयो । राजालाई समेत बयान लिने र नजर बन्दमा राख्ने हल्ला चले पनि त्यस्तो कदम भने सरकारले लिन सकेन । परिणाम स्वरुप आन्दोलनको माहौल बन्यो ।

जिल्ला, जिल्लामा यो ब्यबस्था बिरुद प्रदर्शनहरु भए अझै भइरहेका छन् । त्यस्तै ,फेरि नयाँ बर्षको अवसरमा राजाको सन्देश आयो । त्यो सन्देश रोड म्याप सहित आयो जसमा ,’बहुदलीय प्रजातन्त्र र सम्बैधानिक राजसंस्था’ ,(अर्थात् दुई खम्बे नीति) सन्तुलित कुटनैतिक सम्वन्ध र आत्म निर्भर नेपालको परिकल्पना पृथ्वी पथ , स्वदेश फर्क , स्वदेश नै स्वर्ग र सुशासन र भ्रष्टाचार मुक्त प्रशासन आदी बिषय सहितको रोडम्याप आए पछि राजसस्थाको मोडेल बारेमा कुनै चर्चा या छलफल गरि रहनु नै परेन ।

जन समर्थन देखेर र राजाको लोकपृयता बढेको देखेर नेपालमा हिन्दु अधिराज्य र राजसंस्था भारतले ल्याईदिने भो खास गरि योगीले भनेर नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आधार विहिन हल्लाका कुरा गरे। अर्थात् हिन्दु अधिराज्य नेपालीको होइन भन्ने पार्नका लागि  एजेन्डा नै भारतीयकरण गरेर कमजोर पार्न खोजियो । केहि समयपछि सच्याए !!

मलाई लाग्छ नेपालीले नै आफ्नो भविष्यको निर्णय गर्नुपर्छ !! भारतले नेपाल हिन्दु अधिराज्य किन बनाउने ? उसले बनाउदा बन्ने नबनाउदा नबन्ने भन्दा पनि हैन । हरेक कुरामा छिमेकीलाई गुहार्नु त्यति सान्दर्भिक पनि हुदैन । हुन त आन्दोलन चलिरहदाँ भारतीय नेताहरु आउने जाने क्रम पनि बढ्यो । उनीहरुले सबै सत्तापक्षका नेताहरु नै भेटे , एकाध राजसंस्था पक्षका नेता भेटे पनि व्यक्तिगत सम्बन्धका आधारमा । केहिले Rss को भूमिका माथि प्रश्न पनि गरे ।

हामी आफैले नै आफ्नो देशको भविष्य निर्र्माण गर्न सक्नु पर्दछ । अरुको आशामा बाँच्नु ठिक हुदैन ।यसपटक राज्यले राजावादी बिरुद्ध देशब्यापी आन्दोलन मात्रै चलाएन, दमन पनि त्यति कै गर्यो । शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुको बिचार भावना सुन्नुको सट्टा मुखमा पट्टी बाध्ने काम भयो। यो ब्यबस्था विरुद्ध बोल्नेलाई देशद्रोही करार गर्यो ।

डा. जगमान गुरुङ पनि त्यो आन्दोलन समितिका सल्लाहकार, आफ्नै संयोजक्त्वमा उहाँले राजाको सवारी गोरखनाथ मन्दिर चलाउनु भयो। त्यस्तै नारायणहिटी दरवारमा रहेको नारायण मन्दिरमा पूजा आजा गराउनु भयो । त्यसपछि सडकमा देखिनु भएन !!

यता नवराज सुवेदी , संयोजक रहनु भएको समितिेले जेठ १५ गतेको लागि निरञ्तरको आन्दोलनको घोषणा गर्यो । पार्टी र सघ संस्था , अभियान सबैले उत्साहप्रद उपस्थितिमा कार्यक्रम अधिबढेका हुन । एकै ठाउमा उभिन नसेकाहरु कमल थापा , राजेन्द्र लिङ्देन र केशर वहादुर बिष्ट लगायत सबै राजाबादीहरु एकैठाउमा उभिन तयार भए ।

जसलाई हिन्दु धर्म चाहिएको छ राजा पनि चाहिएको छ तिनीहरु सबै सडकमा आए । धर्मको राजनीति गर्नेहरु केहि बाहेक नाम चलेकाहरु विविध कारणले गर्दा सडकमा आएनन् । पहिलो कारण नै गेरु घोडचढीमा राजा या राजसंस्था फर्केला की भन्ने पिर थियो ।

भने ब्यवस्थाको बिरोधमा लागेमा आफूले पाएको सुबिधा , सुरक्षा , गार्ड तथा विभिन्न परियोजनाहरुमा असर पर्ने भएपछि गेरु राजनीति धमिलो भयो । मठमा बस्ने र समर्थन जनाउने मठाधिस, पिठाधिस, साधु सन्तहरुको साझा समस्या छ उनीहरुले ‘सत्ता स्वाद ‘ लिएका छन् । जे होस् कसैलाई पनि दोषारोपण गर्ने समय छैन , देशका बिभिन्न कुनाबाट आन्दोलनलाई समर्थन गर्न आएकाहरुको भावनालाई नेतृत्वले अझ उँचो राख्न पर्दछ।

एक हप्ते आन्दोलनपछि जन आन्दोलनको समिक्षा बैठकमा समेत बैठक बस्न नसक्ने वातावरण केहि घुसपैठियाबाट भएको मैले अनुभव गरेँ !! समग्रमा देश चरम भ्रष्टाचार र बेथितिको दलदलमा छ । देशभक्त सबै नेपालीहरु मिलेर देश जोगाउनु पर्छ ।अब, समग्रमा मुलुक गणतन्त्र की राजसंस्था भन्ने बिन्दुमा पुगको छ । राजनीति अब गेरु मोडलमा गयो अर्थात् धार्मिक राजनीति अबको प्रमुख मुद्दा बन्नेछ । धर्म र राजाको सम्वन्ध अनुन्याश्रीत छ।

कमसेकम राजसंस्था राजनीतिक एजेण्डाको रुपमा स्थापित भयो । राजनीतिक हिसाबले यो ठूलो उपलब्धि हो । यो अवस्थामा राजसंस्थाको मुद्दा पुग्नुमा बिगतदेखि बर्तमानसम्मका सम्पूर्ण नेता, अभियन्ताहरुको अथक प्रयास नै हो । उहाँहरु बधाईको पात्र हुनुहुन्छ , तर यति नै पर्याप्त होइन अबका दिनमा सबैको भावनालाई समेटेर अगाडि बढे सफलता हासिल अबस्य हुनेछ भन्ने लाग्दछ।

अन्त्यमा, देश भ्रष्टाचार, अराजकता, अस्थिरता र निराशाले ग्रस्त अवस्थामा छ। यस्तो बेला राज्यले जनभावनालाई दमन होइन, सम्बोधन गर्नुपर्छ। लोकतन्त्रको सार नै फरक मतलाई सम्मान गर्नु हो, देशका भविष्यबारे बहस गर्नु हो। गणतन्त्र वा राजसंस्था—निर्णय जनताले गर्ने हुन्, र त्यो निर्णय सचेत, सुसंगत र सम्पूर्ण नेपालीको भविष्यप्रति उत्तरदायी हुनुपर्छ।

नेपालको राजनीतिक मञ्चमा राजसंस्थाको पुनराविर्भाव, चाहे त्यो संवैधानिक होस् वा वैकल्पिक ढाँचामा, अब बहसको विषयमात्र होइन—विकल्पको रूपमा स्थापित भइसकेको छ।

(लेखक भण्डारी बिश्व हिन्दु महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष हुन्।)

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको