चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु जितका लागि १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौ २ बल अगावै १ सय ४२ रन बनाउँदा अलआउट भयो।

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौले सम्मानजनक योगफल तयार पार्न उन्मुख थियो। यद्यपी रवि बोपाराले यी दुईको साझेदारी तोडेपछि काठमाडौको लगातार विकेट पतन भयो।

१६ औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाउँदा रवि बोपारको बलमा बोल्ड आउट भए। मिलिन्दले ४३ बलमा ५ चौका प्रहार गरे।

१७ औँ ओभरको पहिलो बलमा जोन ६० रन बनाउँदा कमल सिंह ऐरिको बलमा सैफ जैवको हातबाट क्याच आउट भए। जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए।

काठमाडौ एक समय ४.२ ओभरमा ३–२४ को अवस्थामा थियो। त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले इनिङ्स उकासेका थिए। काठमाडौले ११ रन जोड्न ६ विकेट गुमायो।

ओपनर वेन चाल्र्सवर्थ १४ बलमा २ चौका सहयोगमा १३ रन बनाउँदा सोहेल तनविरको बलमा रवि बोपाराको हातबाट क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

चितवनका लागि सोहेल तनविरले ४ विकेट लिए। सोहेलले १८ औँ ओभरमा लगातार तिन विकेट लिएपछि काठमाडौको ब्याटिङ लाइन धरापमा पर्यो। सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे। रन्जित कुमार र कमल सिंह ऐरिले समान २ विकेट झारे। रवि वोपाराले एक विकेट लिए। चितवनले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको