चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा” बोलको यो गीत संगीतप्रेमीबीच निकै बहुप्रतिक्षित मानिएको थियो।

गीतमा शब्द रचना देवेन्द्र केसीको रहेको छ भने संगीत विकास चौधरीले भरेका छन्। आधुनिक शैलीमा प्रस्तुत गरिएको गीतले प्रेम, प्रकृति र नेपाली संस्कृतिको मिठास समेटेको छ।

४ दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका गुरुङले पहिलो गीत “मेरा रातहरू मलाई जिस्काउँछन्” १७ वर्षको उमेरमा रेकर्ड गराएका थिए। त्यसयता उनले पछाडि फर्कनु परेन। दर्जनौं लोकप्रिय गीतमा स्वर दिइसकेका गुरुङले दुई दर्जनभन्दा बढी आधुनिक गीत सार्वजनिक गरिसकेका छन् भने केही लोकफ्लेवरका गीत पनि सार्वजनिक गर्ने तयारीमा छन्।

ललितपुर सानेपामा जन्मिएका गुरुङले रेडियो नेपालबाट स्वर परीक्षा पनि उत्तीर्ण गरेका छन्। उनका दुई एल्बम “सन्ध्या” र “रंग” सार्वजनिक भइसकेका छन्। साथै, उनी भजन, पार्श्वगायन र चलचित्र संगीतमा पनि सक्रिय छन्।

“माझी दाइ”, “आज किन संगै”, “आकाश भरी”, “जुन पनि दिउँला तिमीलाई”, “किन हो साँझ” जस्ता थुप्रै गीतले उनलाई नेपाली संगीत प्रेमीको मनमा विशेष स्थान दिलाएको छ।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको