रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका हुन्।

काठमाडौं उपत्यकाको व्यस्त चोकमध्ये एक ग्वार्कोमा निर्माण भएको यो ओभरपास चक्रपथको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। चार लेनको ओभरपासको चौडाइ १०.२ मिटर रहेको छ। ओभरपास अन्तर्गत कोटेश्वरतर्फ ३२० मिटर लामो र्‍याम्प तथा सातदोबाटोतर्फ १८५ मिटर लामो र्‍याम्प निर्माण गरिएको छ।

निर्माण कार्य २०७८ फागुनमा सुरु भएको हो। आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको ओभरपास दुई वर्षमै सक्ने लक्ष्य थियो। तर, समयमै निर्माण नपुगेपछि दुई पटक म्याद थप गर्नुपरेको थियो। अन्ततः पुस १० गतेबाट जरिवाना तिराउँदै निर्माण व्यवसायीलाई काममा लगाइएको थियो।

ग्वार्को ओभरपासले पश्चिमी काभ्रेपलाञ्चोक तथा पूर्वी ललितपुर जोड्ने मुख्य मार्गको रूपमा कार्य गर्नेछ। सातदोबाटो, बालकुमारी, मंगलबजारतर्फ गएका तथा सोही बाटो भएर फर्कने सवारीहरूको चाप व्यवस्थित गर्न यो ओभरपास निर्माण गरिएको हो। अब मंगलबजार र इमाडोलतर्फ जाने सवारी साधनहरू ओभरपासमुनिबाट सञ्चालन हुनेछन् भने कोटेश्वर र सातदोबाटो जाने गाडीले ओभरपास प्रयोग गर्न सक्नेछन्।

स्थानीय तथा नियमित यात्रुहरूका लागि यो संरचना ट्राफिक सहज बनाउने महत्वपूर्ण पूर्वाधार हुने विश्वास लिएको छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको