रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका हुन्।

काठमाडौं उपत्यकाको व्यस्त चोकमध्ये एक ग्वार्कोमा निर्माण भएको यो ओभरपास चक्रपथको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। चार लेनको ओभरपासको चौडाइ १०.२ मिटर रहेको छ। ओभरपास अन्तर्गत कोटेश्वरतर्फ ३२० मिटर लामो र्‍याम्प तथा सातदोबाटोतर्फ १८५ मिटर लामो र्‍याम्प निर्माण गरिएको छ।

निर्माण कार्य २०७८ फागुनमा सुरु भएको हो। आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको ओभरपास दुई वर्षमै सक्ने लक्ष्य थियो। तर, समयमै निर्माण नपुगेपछि दुई पटक म्याद थप गर्नुपरेको थियो। अन्ततः पुस १० गतेबाट जरिवाना तिराउँदै निर्माण व्यवसायीलाई काममा लगाइएको थियो।

ग्वार्को ओभरपासले पश्चिमी काभ्रेपलाञ्चोक तथा पूर्वी ललितपुर जोड्ने मुख्य मार्गको रूपमा कार्य गर्नेछ। सातदोबाटो, बालकुमारी, मंगलबजारतर्फ गएका तथा सोही बाटो भएर फर्कने सवारीहरूको चाप व्यवस्थित गर्न यो ओभरपास निर्माण गरिएको हो। अब मंगलबजार र इमाडोलतर्फ जाने सवारी साधनहरू ओभरपासमुनिबाट सञ्चालन हुनेछन् भने कोटेश्वर र सातदोबाटो जाने गाडीले ओभरपास प्रयोग गर्न सक्नेछन्।

स्थानीय तथा नियमित यात्रुहरूका लागि यो संरचना ट्राफिक सहज बनाउने महत्वपूर्ण पूर्वाधार हुने विश्वास लिएको छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको