सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको यो डाँडा सिन्धुली जिल्लाको सबैभन्दा अग्लो शिखर हो।

फिक्कल डाँडाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा सहितका विभिन्न हिमशृङ्खला, महाभारत र तराईका समथर भूभागहरू समेत एकसाथ अवलोकन गर्न सकिन्छ। बिहान र बेलुका यहाँबाट देखिने सूर्योदय र सूर्यास्तका दृश्यहरू अत्यन्त आकर्षक मानिन्छन्।

पर्यटकलाई लक्षित गरी डाँडाको फेदीमा रहेको चनौटे गाउँमा होमस्टे सेवा सञ्चालनमा ल्याइएको छ। यहाँको स्थानीय संस्कृति, परिकार र पाहुना सत्कारले पर्यटकहरू आकर्षित हुने गरेका छन्। चनौटे गाउँबाट करिब दुई घण्टा पैदल हिँडेर फिक्कल डाँडा पुग्न सकिन्छ। बाटोभरि हरियाली जंगल र रमणीय दृश्यहरूले यात्रालाई थप रोमाञ्चक बनाउँछ।

स्थानीयवासीका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकहरूको आवागमन बढ्दै गएको छ। स्थानीय सरकारले पनि फिक्कल डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योजना बनाउँदै आएको छ।     

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै झन्डै १६ सय प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। १५५३...

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल एक आवरण थिएन यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो साहसले भरिएको...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँको हनुमान ढोकामा फोटो प्रदर्शनी गरेको छ । काठमाडौँ महानगरपालिका, नेपाल आर्ट काउन्सिल र...

भर्खरै

रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता केवल जुत्ता थिएन, छालाबाट निर्मित केवल...

लाखे नाचदेखि डबलीको भीडसम्म: इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार...

गोल्डेन ट्रयाङ्गल बाइक टूर हुँदै , बंगलादेश र भारतबाट पनि राइडर सहभागी हुने 

काठमाडौँ : अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल...

दशैंका लागि किन्न थालियो खसी, बोका र च्याङ्ग्रा (तस्वीरहरू)

हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा...

दशैं घरमा यसरी राखियो जमरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ः१३...

प्रधानमन्त्रीले शीतलनिवास पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो...

धेरै पढिएको