आरसीबी फ्यान क्लब नेपालद्वारा नेपाली क्रिकेटर आसिफलाई जर्सी प्रदान

काठमाडौं – आरसीबी फ्यान क्लब नेपाल, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त फ्यान क्लब हो।

विगत एक वर्षदेखि क्लबले नेपाली आरसीबी समर्थकहरूलाई एकजुट गर्ने उद्देश्यका साथ फोटो तथा भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन जस्ता विविध अनलाइन तथा अफलाइन गतिविधिहरू गर्नुका साथसाथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ। साथै क्लबको उल्लेखनीय कार्यको चर्चा स्टार स्पोर्ट्स जस्ता प्रमुख अन्तर्राष्ट्रिय मिडिया च्यानलमा समेत भइसकेको छ।

यसै क्रममा श्रावण २२ गते आरसीबी फ्यान क्लब नेपालले नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखसँग विशेष अन्तर्वार्ता सम्पन्न गरेको छ। उक्त अन्तर्वार्तामा आसिफ शेखले आफ्नो क्रिकेट यात्रा, नेपाली क्रिकेटको उन्नति, विराट कोहलीप्रतिको सम्मान तथा आरसीबीप्रतिको लगावका विषयमा खुलस्त र आत्मीय ढङ्गले कुरा राखेका थिए।

आसिफ शेख स्वयं एक समर्पित आरसीबी समर्थक हुन्। अन्तर्वार्ता पश्चात् आरसीबी फ्यान क्लब नेपालले उनलाई विराट कोहलीसहित आरसीबीका सम्पूर्ण खेलाडी (Class of 2025) द्वारा हस्ताक्षर गरिएको आरसीबी जर्सी प्रदान गरेको छ। आरसीबी फ्रेन्चाइजबाट नै पठाइएको सो जर्सी क्लबले कृतज्ञता र प्रशंसा स्वरूप टोकन अफ अप्रिसिएसनका रूपमा हस्तान्तरण गरेको हो।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको