तामाङ बस्तीको सुन्दर पर्यटकीय स्थल, रसुवाको गत्लाङ गाउँ (तस्वीरहरू)

रसुवा, नेपाल – रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको गत्लाङ गाउँ समुन्द्री सतहदेखि २३ सय मिटरमा रहेको यस गाउँ एक सुन्दर पर्यटकीय स्थल हो ।

नेपाल–चीन सीमानजिकै रहेको रसुवाको ऐतिहासिक गत्लाङ गाउँ तोरी फुलेका सुनौलो खेत, हिमाली भू–दृश्य र वसन्त ऋतुमा फुल्ने रुखहरूले गाउँको प्राकृतिक सुन्दरतामा थप आकर्षण दिएको छ।

तामाङ बस्तीको मौलिक वास्तुकला, संस्कृति र जीवनशैली अझै पनि यस गाउँमा जगेर्ना हुँदै आएको देखिन्छ। ग्रामीण जीवन, गाउँले वातावरण र सांस्कृतिक सम्पदाले समृद्ध गत्लाङ गाउँलाई ‘एसियाली जीवनशैली’ को प्रत्यक्ष प्रतीकका रूपमा चिनाइएको छ। परम्परागतरूपमा काठले मात्र बनाइएको छाना र एउटै पर्खालबाट बनेको यस गाउँ विश्वसामु परिचित गराउन आवश्यक छ । विशुद्ध तामाङ जातिको बसोबास रहेको यहाँ करिव ५ सय घरधुरी रहेको छ ।

स्थानीयवासीले नयाँ वर्ष तथा वसन्त पर्व (स्प्रिङ फेस्टिभल) विशेष उल्लासका साथ मनाउने गरेका छन्। यस अवसरमा गाउँका परम्परागत नृत्य, गीत र तामाङ संस्कृतिका विभिन्न झलक पर्यटक र दर्शकका लागि मुख्य आकर्षण हुने गर्छन्।

विशेष गरी यहाँको आलु, सिमी, मुसुरोको दाल प्रख्यात छ ।प्राकृतिकरूपमा मनमोहक यस ठाउँ पुग्नेले स्वर्गीय आनन्द लिन सक्छन् । राजधानी काठमाडौंबाट एकै दिनमा कालो गाउँ पुग्न सकिन्छ । यहाँ धेरै मानिसले पर्यटनका लागि तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङ, पार्वती कुण्ड, थुमन, नागथली तातोपानी लगाएका ठाउँको समेत भ्रमण गर्न सक्छन् ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको