तामाङ बस्तीको सुन्दर पर्यटकीय स्थल, रसुवाको गत्लाङ गाउँ (तस्वीरहरू)

रसुवा, नेपाल – रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको गत्लाङ गाउँ समुन्द्री सतहदेखि २३ सय मिटरमा रहेको यस गाउँ एक सुन्दर पर्यटकीय स्थल हो ।

नेपाल–चीन सीमानजिकै रहेको रसुवाको ऐतिहासिक गत्लाङ गाउँ तोरी फुलेका सुनौलो खेत, हिमाली भू–दृश्य र वसन्त ऋतुमा फुल्ने रुखहरूले गाउँको प्राकृतिक सुन्दरतामा थप आकर्षण दिएको छ।

तामाङ बस्तीको मौलिक वास्तुकला, संस्कृति र जीवनशैली अझै पनि यस गाउँमा जगेर्ना हुँदै आएको देखिन्छ। ग्रामीण जीवन, गाउँले वातावरण र सांस्कृतिक सम्पदाले समृद्ध गत्लाङ गाउँलाई ‘एसियाली जीवनशैली’ को प्रत्यक्ष प्रतीकका रूपमा चिनाइएको छ। परम्परागतरूपमा काठले मात्र बनाइएको छाना र एउटै पर्खालबाट बनेको यस गाउँ विश्वसामु परिचित गराउन आवश्यक छ । विशुद्ध तामाङ जातिको बसोबास रहेको यहाँ करिव ५ सय घरधुरी रहेको छ ।

स्थानीयवासीले नयाँ वर्ष तथा वसन्त पर्व (स्प्रिङ फेस्टिभल) विशेष उल्लासका साथ मनाउने गरेका छन्। यस अवसरमा गाउँका परम्परागत नृत्य, गीत र तामाङ संस्कृतिका विभिन्न झलक पर्यटक र दर्शकका लागि मुख्य आकर्षण हुने गर्छन्।

विशेष गरी यहाँको आलु, सिमी, मुसुरोको दाल प्रख्यात छ ।प्राकृतिकरूपमा मनमोहक यस ठाउँ पुग्नेले स्वर्गीय आनन्द लिन सक्छन् । राजधानी काठमाडौंबाट एकै दिनमा कालो गाउँ पुग्न सकिन्छ । यहाँ धेरै मानिसले पर्यटनका लागि तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङ, पार्वती कुण्ड, थुमन, नागथली तातोपानी लगाएका ठाउँको समेत भ्रमण गर्न सक्छन् ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको