यसरी मनाइयो भक्तपुरको राधे राधेमा कृष्ण जन्माष्टमी (तस्वीरहरू)

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ श्यामा श्याम धाम (राधे राधे) स्थित भगवान श्री राधाकृष्णको भक्ति मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विशेष महोत्सवका रुपमा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।

शनिबार बिहान ५:०० बजेदेखि सुरु भएको दर्शन, पूजन तथा विशेष साधना कार्यक्रम राति १२:३० बजेसम्म निरन्तर सञ्चालन भएको थियो। करिब २५ हजार भक्तजनहरुको सहभागितामा सम्पन्न महोत्सवमा दर्शन पूजन, संकीर्तन, भगवान श्रीकृष्णको प्राकट्य, अभिषेक, महाभोग, माखन अर्पण, महाआरती तथा सांस्कृतिक लीला प्रस्तुत जस्ता विविध कार्यक्रमहरु सञ्चालन गरिएका थिए।

श्रद्धालु भक्तजनहरुको चापलाई व्यवस्थापन गर्न दक्षिण द्वारबाट प्रवेश र पश्चिम द्वारबाट निर्गमनको विशेष व्यवस्था मिलाइएको थियो। साथै अशक्त, जेष्ठ नागरिक, महिला तथा बालबालिकालगायतका भक्तजनलाई सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरिएको थियो।

मन्दिर परिसरमा भगवान श्रीकृष्ण जन्मोत्सवसँग सम्बन्धित चित्रकला तथा कलात्मक प्रदर्शनी, आध्यात्मिक सामग्रीहरुको बिक्री वितरण, श्री राधाकृष्णको झुला दर्शन, अनुहारमा “राधे राधे” छाप र विशेष मेकअप सेवा, साथै शाकाहारी नास्ता, चिया–कफीका लागि छुट्टाछुट्टै स्टल संचालन गरिएको थियो।

साँझ ६:३० बजे भगवान श्रीकृष्ण (बालगोपाल) को रथयात्रा भक्ति मन्दिरबाट सुरु भई विभिन्न मार्ग हुँदै निकोसेरा चोक पुगेर पुनः मन्दिरमा फर्किएको थियो। रथयात्रामा सयौं भक्तजन सहभागी भएका थिए भने यात्रा मार्गमा हजारौं श्रद्धालुहरुले भगवानको दर्शन र पूजन गरेका थिए।

भक्ति मन्दिरको स्थापना पञ्चम मूलजगद्गुरु श्री कृपालु जी महाराजको कृपाले ३० वर्षअघि भएको हो। उहाँबाट प्रतिपादित सनातन वैदिक अध्यात्म दर्शन अनुसार यहाँ नियमित भक्ति साधना सञ्चालन हुँदै आएको छ।

यसपटकको महोत्सवलाई सफल बनाउन भक्तजनहरुको सुरक्षादेखि दर्शनको सहजता सुनिश्चित गर्न जनपद तथा ट्राफिक प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, नेपाल स्काउट, स्वयंसेवी व्यक्तिहरु, विभिन्न संस्था, सत्संगी तथा श्री डिभाइन युथ क्लबका सदस्यलगायत सयभन्दा बढी स्वयंसेवक खटिएका थिए।

       

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको