यसरी मनाइयो भक्तपुरको राधे राधेमा कृष्ण जन्माष्टमी (तस्वीरहरू)

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ श्यामा श्याम धाम (राधे राधे) स्थित भगवान श्री राधाकृष्णको भक्ति मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व विशेष महोत्सवका रुपमा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।

शनिबार बिहान ५:०० बजेदेखि सुरु भएको दर्शन, पूजन तथा विशेष साधना कार्यक्रम राति १२:३० बजेसम्म निरन्तर सञ्चालन भएको थियो। करिब २५ हजार भक्तजनहरुको सहभागितामा सम्पन्न महोत्सवमा दर्शन पूजन, संकीर्तन, भगवान श्रीकृष्णको प्राकट्य, अभिषेक, महाभोग, माखन अर्पण, महाआरती तथा सांस्कृतिक लीला प्रस्तुत जस्ता विविध कार्यक्रमहरु सञ्चालन गरिएका थिए।

श्रद्धालु भक्तजनहरुको चापलाई व्यवस्थापन गर्न दक्षिण द्वारबाट प्रवेश र पश्चिम द्वारबाट निर्गमनको विशेष व्यवस्था मिलाइएको थियो। साथै अशक्त, जेष्ठ नागरिक, महिला तथा बालबालिकालगायतका भक्तजनलाई सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरिएको थियो।

मन्दिर परिसरमा भगवान श्रीकृष्ण जन्मोत्सवसँग सम्बन्धित चित्रकला तथा कलात्मक प्रदर्शनी, आध्यात्मिक सामग्रीहरुको बिक्री वितरण, श्री राधाकृष्णको झुला दर्शन, अनुहारमा “राधे राधे” छाप र विशेष मेकअप सेवा, साथै शाकाहारी नास्ता, चिया–कफीका लागि छुट्टाछुट्टै स्टल संचालन गरिएको थियो।

साँझ ६:३० बजे भगवान श्रीकृष्ण (बालगोपाल) को रथयात्रा भक्ति मन्दिरबाट सुरु भई विभिन्न मार्ग हुँदै निकोसेरा चोक पुगेर पुनः मन्दिरमा फर्किएको थियो। रथयात्रामा सयौं भक्तजन सहभागी भएका थिए भने यात्रा मार्गमा हजारौं श्रद्धालुहरुले भगवानको दर्शन र पूजन गरेका थिए।

भक्ति मन्दिरको स्थापना पञ्चम मूलजगद्गुरु श्री कृपालु जी महाराजको कृपाले ३० वर्षअघि भएको हो। उहाँबाट प्रतिपादित सनातन वैदिक अध्यात्म दर्शन अनुसार यहाँ नियमित भक्ति साधना सञ्चालन हुँदै आएको छ।

यसपटकको महोत्सवलाई सफल बनाउन भक्तजनहरुको सुरक्षादेखि दर्शनको सहजता सुनिश्चित गर्न जनपद तथा ट्राफिक प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, नेपाल स्काउट, स्वयंसेवी व्यक्तिहरु, विभिन्न संस्था, सत्संगी तथा श्री डिभाइन युथ क्लबका सदस्यलगायत सयभन्दा बढी स्वयंसेवक खटिएका थिए।

       

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको