सिजन मिडियाद्वारा अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड: क-कसले पाए सम्मान ?

सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको हो।

लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गर्नुभएका व्यावसायिक व्यक्तित्वहरूको लागि सम्मान समर्पित गरिएको हो ।

कार्यक्रमको मुख्य अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका मानार्थ वाणिज्यदूत, श्री निराजन गौलीको उपस्थिति रहेको थियो। उहाले अवार्ड प्राप्त गर्नेहरूलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नको महत्वबारे प्रकाश पार्नुभयो। “यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन, “यो कार्यक्रम परिश्रमको उत्सव हो, युवा पुस्तालाई प्रेरित गर्दछ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानको सम्मान सम्मान गर्ने बताउनुभयो ।
उक्त अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताउनु भयो । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन गर्नुभएको थियो।

अवार्ड कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहनुभएका सफल व्यवसायीहरू नेपाली मूलका विशिष्ट वकिल श्री टोनु घोठाने लाई उत्कृष्ट कानुनी तथा वकालत अवार्ड प्रदान गरियो, योगेन्द्र राज जोशी, गोर्खा समाज अस्ट्रेलियाका अध्यक्ष, लाई उत्कृष्ट रियल इस्टेट तथा सामुदायिक नेतृत्व अवार्ड , त्यसैगरी परसुराम शर्मा लुइटेललाई शरणार्थी वकालत र बहुसांस्कृतिक नेतृत्वमा अवार्ड , युथ बिजनेस अवार्डवाट युवा व्यवसायी रन्जित राज वन्तलाई प्रदान गरिएको थियो। त्यसैगरी निराजन शिवाकोटी, RMIT सिटी क्याम्पसका प्राध्यापकलाई शैक्षिक योगदानका लागि अनुसन्धान तथा नवप्रवर्तन उत्कृष्टता अवार्ड प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि ईश्वर दाहाललाई शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो भने सैवाल न्यौपानेलाई उद्यमशीलतामा योगदानका लागि युवा वकालत तथा उदाउँदो उद्यमी अवार्ड बाट सम्मानित भए। ऐश्वर्या कंसकार लाई प्रविधि र शिक्षामार्फत युवालाई सशक्त बनाएको योगदानका लागि युवा प्रविधि तथा शिक्षा सशक्तीकरण अवार्ड प्रदान गरियो।

डा. जमुना पराजुलीलाई महिला नेतृत्व तथा सशक्तिकरण वकालत अवार्ड दिइयो। मिडिया क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेकोमा चिरञ्जीबी राज देवकोटा लाई प्रवासी मिडिया नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो।रन्जीत शाह लाई भिक्टोरियाको वित्तीय सेवामा उल्लेखनीय योगदानका लागि वित्तीय सेवामा उत्कृष्ट योगदान अवार्ड प्रदान गरियो। त्यस्तै, स्वास्थ्य शिक्षामा योगदानका लागि बसन्त बगाले लाई स्वास्थ्य शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान अवार्ड दिइयो। श्री शेष घले, मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजीका संस्थापकलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। शिक्षा क्षेत्रमा नेतृत्व देखाएकोमा रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड दिइयो भने युवा शिक्षा तथा आप्रवासन सेवामा योगदानका लागि सागर शाही लाई युवा शिक्षा तथा आप्रवासन सेवा अवार्ड प्रदान गरियो।

पर्यावरणीय दिगोपन र व्यवसायिक क्षमतामा रविन्द्र राज रेग्मी अवार्ड प्रदान गरियो। त्यसैगरी नेपाली संस्कृति र समुदायलाई प्रवर्द्धन गरेकोमा डी. बी. थापा लाई समुदाय नेतृत्व तथा सांस्कृतिक प्रवर्द्धन अवार्डबाट सम्मानित गरियो।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको