डाक्टरले विश्वास जित्न सक्नुपर्छ

चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर एकाध चिकित्सकबाट हुने त्रुटि एवं लापरबाहीलाई नजिर बनाउँदै बिरामीले डाक्टरको सक्षमताप्रति प्रश्न उठाएको देखिन्छ। निजी एवं सरकारी अस्पतालमा हुने चिकित्सकीय त्रुटि तथा लापरबाही दोहोरिन नदिन चिकित्सक र बिरामीका साथै व्यवस्थापन पक्ष र सरकारी निकायबीच उचित समन्वय र सहकार्यको टड्कारो आवश्यकता छ। यिनै स्वास्थ्य सवालमा आधारित रहेर सरकारी एवं सार्वजनिक अस्पताललाई कर्मस्थल बनाउँदै रातदिन बिरामीको गुणस्तरयुक्त सेवाका निम्ति लागिरहेका वरिष्ठ मुटु विशेषज्ञ प्रा.डा. भगवान कोइरालासँग अन्नपूर्ण पोस्ट्का दिनेश गौतमले गरेको संवाद :


चिकित्सक र सेवाग्राहीबीचको सम्बन्धमा के विषयले जटिलता ल्याएको छ ?

चिकित्सक र बिरामीबीच सुमधुर र व्यावसायिक सम्बन्ध हुनुपर्छ। तर त्यो सम्बन्धमा जटिलता ल्याउने मुख्यतः चारवटा तत्व छन्। पहिलो– चिकित्सकीय र स्वास्थ्यकर्मीको पाटो हो। चिकित्सकको मात्र नभएर अन्य स्वास्थ्यकर्मीको तदारुकता र सक्षमताले पनि चिकित्सकप्रतिको धारणामा फरक परिरहेको हुन्छ। समग्रमा अस्पताल र स्वास्थ्यकर्मीको तर्फबाट पु¥याइनुपर्ने सम्पूर्ण ध्यान, व्यावसायिक अभ्यास र वैज्ञानिक उपचार विधि हुनु वा नहुनुले पनि ठूलो फरक पार्छ। यी सम्पूर्ण व्यवस्थामा सहजता नहुँदा उपचार पनि कमसल हुन पुग्नु स्वाभाविक हो। यसले पनि चिकित्सक र सेवाग्राहीबीचको सम्बन्धमा जटिलता ल्याइरहेको हुन्छ।

दोस्रो– सबै पक्ष ठीक हुँदाहुँदै पनि चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीबीच आपसमा उचित र उपयुक्त संवाद नहुनाले पनि समस्या उत्पन्न भएको छ। तेस्रो– सेवाग्राहीले उपचार सेवा बुझ्न सकेको छैन, बुझ्न चाहँदैन वा बुझ्न सक्ने क्षमता छैन भने पनि डाक्टरले भनेका कुरा ग्रहण गर्न सक्दैन। बिरामीलाई सहज वातावरणमा सरल तरिकाले बुझाउने कर्तव्य चिकित्सकको हो। तर बाहिरबाट हिँडडुल गरेको भए पनि कुनै बच्चालाई जन्मजात मुटुसम्बन्धी जटिल रोग भएपछि शल्यक्रिया गर्न ल्याइएको छ भने त्यस्तो अवस्थामा बच्चालाई शल्यक्रिया नगरे पनि मर्ने सम्भावना रहेको अथवा शल्यक्रिया गर्दा पनि मर्ने जोखिम छ भनी चिकित्सकले खुला रूपमा भन्ने हो भने केही समयसम्म अभिभावकले विश्वास गर्नै सक्दैन। धेरै पढेको व्यक्तिलाई बुझाउन केही समय लाग्ला भने अलि नपढेको व्यक्तिले त बच्चा टाठै छ, हिँडिरहेको छ भनेर प्रतिवाद गर्न सक्छ।

चौथो– उट्पट्याङ गर्ने र च्याँखे थापेर अस्पतालबाट पैसा असुल्नेहरू पनि छन्। गुन्डागर्दी गर्नेजस्ता विकृति पनि देखिन थालेका छन्। यी सबै गतिविधिले चिकित्सक र बिरामीबीचको सम्बन्धमा जटिलता ल्याउन सहयोग पुर्‍याइरहेका छन्।

दोषीलाई कानुनी दायरामा ल्याउन नसकेर नकारात्मक प्रवृत्ति बढेको त होइन ?  

हो, यस खालका विकृति/विसंगति अन्त्य गर्न कानुनी प्रावधानको आवश्यकता पर्छ। अहिले भएका कानुनी प्रावधानलाई व्यवहारमा लागू गरी चिकित्सक र सेवाग्राही दुवै पक्षलाई जिम्मेवार बनाउनुपर्छ। उपचार गर्दागर्दै आपसमा सञ्चार वा संवाद नभएपछि बिरामी पक्षलाई हानि हुने भयो। जसका कारण बिरामी पक्ष आक्रोशित हुने भयो। उपचार सही तरिकाले गर्दागर्दै पनि त्यसलाई बिरामी पक्षले गम्भीर ढंगले नबुझ्ने समस्या पनि विद्यमान छ।

अस्पताल गएपछि निको भएर घर फर्कनैपर्छ भन्ने एकांकी सोच सेवाग्राहीमा देखा परेको हो ?

कतिपय अवस्थामा डाक्टरका कमीकमजोरी पनि हुन सक्छन्। अस्पतालको व्यवस्थापन वा सिस्टमको कमजोरी पनि हुन सक्छ। बिरामीको गलत बुझाइ वा मनसाय पनि हुन सक्छ। स्वास्थ्यकर्मी र बिरामीबीच खटपट हुनुमा अर्को पक्ष पूर्वाधार पनि हो। अस्पतालमा पूर्वाधार, उपकरणलगायतका साधन स्रोतको सुविधा हुनेबित्तिकै क्षमता बढ्छ। चिकित्सकले आफ्नो क्षमता, प्रविधि र आफूले दिन सक्ने नतिजाबारेमा समयमै बिरामीलाई प्रस्ट पार्नु विश्वास आर्जन गर्न सकिने सबैभन्दा राम्रो तरिका हो।

पछिल्लो समयमा भएका चिकित्सकीय लापरबाहीले पनि आपसी सम्बन्धमा संकट उत्पन्न भइरहेको छ नि ?      

नैतिकता र कानुनी दायरामा रहेर सबैले काम गर्नुपर्छ। चिकित्सकले पनि हामीसँग यस खालको प्रविधि र उपचार सेवा छ। यसको प्रयोग गर्दा यस खालको नतिजा निकाल्न सकिन्छ। तपाईंको विचार के छ भनेर सेवाग्राहीसँग सोध्नुपर्छ। अन्यत्र पनि जान सक्नुहुन्छ भनेर विकल्पसमेत नदिई पैसाको लोभ गर्नु हुँदैन। अन्य विकल्प नदिने, तर मै एक्लो हुँ उपचार गर्ने भन्ने खालको सन्देश दिएर काम सुरु गर्ने तर पूरा गर्न नसक्दा विभिन्न खालका विवाद भएका हुन्। छनोट गर्ने अधिकार सेवाग्राहीको हो। सेवाग्राहीले छनोट गरी जहाँ जान्छन्, जाऊन् न त।

सर्वसाधारण जनतालाई निजी अस्पतालमा सेवा शुल्क तिर्न धौधौ पर्छ भने सरकारीमा भीडका कारण समयमै सेवा पाउन गाह्रो छ। स्वास्थ्य सेवामा कसरी सहज पहुँच स्थापित गर्न सकिएला ?      

स्वास्थ्य सेवामा सहज पहुँच गाह्रो भए पनि असम्भव छैन। गाह्रो किनभने सरकारले सबै रोगको उपचारमा आफैं शुल्क तिर्न सक्नुप¥यो। त्यसका लागि भौतिक पूर्वाधार, उपकरण र जनशक्ति पनि पुर्‍याउन सक्नुपर्‍यो। स्वास्थ्य सेवामा सबैको सहज पहुँच गाह्रो छ। सहज पहुँचमा असम्भव भने छैन। व्यवस्थित गर्‍यौं भने सहज पहुँच स्थापित गर्न सकिन्छ। स्वास्थ्य बिमा सुरु भएको छ। बिमाका लागि जनताले पनि बेहोर्नुपर्ने भएकाले पुल पैसा जनताबाट पनि उठ्छ। यसको सकारात्मक प्रभाव पर्छ। जनताले निजीमा जानै नसक्ने अवस्था पनि नरहला।

केन्द्रीय अस्पतालहरूमा बढ्दो बिरामीको भीडलाई विकेन्द्रित गर्न कसरी सकिएला ?      

मुलुक संघीयतामा प्रवेश गरिसकेको छ। क्षेत्रीय वा अबको प्रादेशिक अस्पतालहरूलाई स्तरोन्नति गर्नुपर्ने टड्कारो आवश्यकता छ। त्यसले पनि केन्द्रीय अस्पतालमा बढ्दो भीड व्यवस्थापनमा सहज हुन्छ। जनसंख्यामा आधारित रहेर क्षेत्रगत हिसाबले स्वास्थ्य सेवालाई विकास गर्दै अघि बढाउनुपर्छ। विशिष्टीकृत सेवाका लागि मात्रै केन्द्रीय अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाउनुपर्छ। यस्तो खालको सिस्टम मिलाउन बाँकी नै छ।

मुटुरोगीको बढ्दो संख्याले बिरामीको पहुँच र उपचारमा केकस्तो चुनौती देखिएका छन् ?  

मुटुरोगीलाई उपचार सेवामा पहुँच पुर्‍याउने र विशिष्टीकृत सेवा प्रदान गर्ने चुनौती छ। धेरैजसोमा पहुँच सुनिश्चित पनि भएको छ। उपचार पहुँचलाई काठमाडौंबाहिर पनि विस्तार गरी सुदृढ गराउनुपर्ने खाँचो छ। सेवा भए पनि व्यवस्थित र बलियो बनाउनुपर्ने आवश्यकता छ। मुटुसम्बन्धी सबै रोगलाई उपचारको दायराभित्र ल्याउने अबको दायित्व हो। प्राविधिक विकासको अवश्य पनि जरुरत छ। जस्तै– ट्रान्सप्लान्ट, एसेस्टिवाइज (मुटुको सट्टा काम गर्ने मेसिन) लगायतका आधुनिक प्रविधिको विकास गर्न जरुरी छ। यी प्रविधि महँगा छन्। यी प्रविधि मुलुकमा कुनै ठाउँमा हुन जरुरी छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको