जनकपुरधाममा पिङ भाँचिँदा फसेका ५६ जनाको सेनाद्वारा उद्धार

जनकपुरधाम — धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित श्री राजदेवी मन्दिर प्राङ्गणमा मेलाका क्रममा रोटे पिङ भाँचिँदा फसेका ५६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

शुक्रबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनापछि नेपाली सेनाको विष्णुदल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरेको हो। सेनाका अनुसार उद्धारमा संलग्न टोलीले तुरुन्तै घेराबन्दी गर्दै पिङमा फसेका व्यक्तिहरूलाई एक–एक गरी सुरक्षित स्थानमा झारेका थिए।

उद्धार गरिएका सबै जना सकुशल रहेका र कुनै गम्भीर दुर्घटना नभएको जनाइएको छ।

तस्वीरहरू: नेपाली सेना 

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको