टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्वीरहरू)

काठमाडौं – बडादशैँको सप्तमीका दिन पर्ने फूलपाती पर्व आज राजधानीमा धुमधामका साथ मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित फूलपाती बढाइँ गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा नेपाली सेनाले शङ्खघोष, राइफल सलामी, तोपद्धारा बढाइँसहित सैनिक परेड प्रदर्शन गरेको थियो । साथै सेनाको हेलिकप्टर र ड्रोनमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो भने पुष्पवृष्टि गरेर माहोल झन् उल्लासमय बनाइएको थियो । सो अवसरमा दुर्गा नाच र दुर्गा वन्दना पनि प्रस्तुत गरिएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्य, उच्चपदस्थ व्यक्तित्व, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

 नेपाली सेनाले आयोजना गर्ने यो समारोह धर्म, संस्कृति र परम्पराको निरन्तरताका रूपमा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक मनाइँदै आएको छ।

         

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको