रामेछाप – रामेछाप जिल्ल्लाका १ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा १ जना पोजेटिभ देखिएको हो ।
‘संक्रमित व्यक्तिको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण भएकाले उनी त्यहाँ कहिले गए, कहाँका हुन् भेरिफाई भइ नसकेको स्रोतले बतायो।
मन्त्रालयले विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्तिको स्थायी र अस्थायी दुबै ठेगाना नबताउँदा व्यक्ति पहिचानमा समस्या देखिदै आएको छ।