कर्णाली याक्सले पायो सहप्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं – कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ ।

मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक  आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

निर्देशक घिमिरेलेपेन्ट्ससङ जिडिदा जोदिदा खुसी भएको बताउदै दोस्रो संस्करणको तयार रहेको बताए । एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो  । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ । कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

 

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको