फोटो पत्रकार वन्तको लेन्समा चीनको सान्दोङ प्रान्त (तस्वीरहरू)

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले हालै चीनको सान्दोङ प्रान्तमा सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील सान्दोङ” मा सहभागिता जनाएर फर्किएका छन्। सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म चलेको उक्त महोत्सवमा नेपालसहित जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्याण्ड, रसिया र फिजीका करिब १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरूले सहभागिता जनाएका थिए।

उक्त कार्यक्रम चीनको  सान्दोङ प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सहभागीहरूलाई तीन समूहमा विभाजन गरी सान्दोङका ऐतिहासिक, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको भ्रमण गराइएको थियो।

फोटो पत्रकार वन्तको समूहले विन्झाओ सिटीमा अवस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर, पार्क, विश्वप्रसिद्ध कपडा उद्योग तथा विशाल कार्पेट संग्रहालयको अवलोकनका साथै तस्बिर खिच्ने अवसर पाएका थिए। साथै, स्थानीय किसानद्वारा सञ्चालित जुजु फलफूल बगैचाको भ्रमणमा आफ्नै हातले फल टिप्ने, खाने र झोला भर्ने रमाइलो क्षण पनि साझा गरिएको थियो।

यसै क्रममा चीनको ग्रामीण जीवन नजिकबाट बुझ्ने अवसर पाएका वन्तले उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनको अवलोकन गर्दै मनोरञ्जनसमेत लिएका थिए। सहभागीहरूले तेल उत्खनन् उद्योगमा प्रयोग हुने मेसिन, विद्यालयका विद्यार्थीहरूको चिनियाँ ओपेरा प्रस्तुति र एल्लो रिभर क्षेत्रका संरक्षित चराहरू पनि अवलोकन गरेका थिए।

अध्यक्ष वन्तले यस्ता अन्तर्राष्ट्रिय फोटो महोत्सवहरूले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ गर्ने, पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने र नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर मिलेको बताए।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको