नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे –  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, मित्रराष्ट्रका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू सहित नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिक पठाउँदै आएको छ। हाल नेपालको योगदानका कारण नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको छ। त्यस्तै, महिला सैनिक खटाउने राष्ट्रहरूमध्ये पनि नेपाल अग्रस्थानमा रहेको उल्लेख गरिएको छ।

संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनहरूमा नेपाली सेनाका ५,८१९ जना शान्ति सैनिक कार्यरत रहेका छन्। विश्व शान्ति स्थापनाको क्रममा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिक घाइते भएका छन्।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको