टौदहको बिहानीपखको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ दक्षिणकाली जाने बाटैमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल भन्ने बुझिन्छ ।

करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । टौदह रातो मच्छिन्द्रनाथको भोटो जात्राको किंवदन्तीसँग प्रत्यक्ष जोडिन्छ । राजधानीको नजिकै रहेरको टौदह घुम्नलायक गन्तव्यमा एक हो ।

यहाँको रमणीयता र सुन्दरतालाई अवलोकन गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउँछन् । हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन चराहरू पनि आउने गर्छन् ।

चरा मात्र होइन, अन्य जलचर प्रजातिको समेत अवलोकन गर्न पाइन्छ । हेरिरहुँ लाग्ने, रमाइरहुँ लाग्ने टौदह क्षेत्र पुग्ने जो कसैको मन त्यसै अघाउँदैन । कीर्तिपुरमा अवस्थित टौदह काठमाडौंको रत्नपार्कबाट जम्मा ११ किलोमिटरको दूरीमा छ ।

मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकाको पानी बाहिर पठाउँदा कर्कोटक नाग पनि बाँहिर जाने भएकाले यसबाट अनिष्ट हुने भएपछि टौदहमा विराजमान गराइएको जनविश्वास छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्दछ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको