विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्‍चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) सँगको सहकार्यमा नि:शुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुने गरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्‍नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले यो मंगलबारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशिला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्‍न चरणमा सातै प्रदेशमा दिइरहेको छ र सहभागीको क्षमता विकास र पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍न विश्‍वास व्यक्त गरिन् । उनले भनिन्, “नेपालको पर्यटन विकासमा विगतदेखि नै मिडियाको ठूलो योगदान रहेको छ । पछिल्लो समय प्रविधिको व्यापक विकास भएसँगै विश्‍व पर्यटन प्रवृत्तिहरु पनि परिवर्तन भइरहेको छन् । यस परिवेशमा नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धनका साथै पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्न यो तालिम आयोजना गरेका हौं । तपाईहरुले यस तालिमपछि कोशी प्रदेशका गन्तव्यका कथाहरुलाई पर्यटनको दृष्टि र फोटोको शक्तिका माध्यमबाट विश्‍वलाई देखाउन सहयोग पुर्‍याउनुहुने छ भन्‍ने विश्‍वास छ ।“

त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकले नेपालको पत्रकारिताको गुणस्तर खस्किरहेको समयमा यस किसिमका तालिमहरु सहयोगी हुने बताएकी छन् । उनले भने, “पछिल्लो समय मिडियाको गुणस्तर कमजोर बन्दै गएको छ । प्रविधिलाई पछ्याउन नसक्दा र सामाजिक सञ्‍जालको व्यापकताको युगमा हामीले कोशीका पर्यटकीय गन्तव्य प्रबर्द्धनमा लाग्‍न अनुरोध छ । यसका लागि आगामी दिनमा पनि यस किसिमका पत्रकारहरुको सिप विकास र क्षमता अभिवृद्धिका कार्यक्रमहरुको निरन्तरता आवश्यक छ ।“

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको उल्लेख गरेका छन् । उनले भने, “दीगो पर्यटन विकासका लागि पत्रकारिता अपरिहार्य छ । एउटै तस्बिरले हजार शब्द बयान गर्नसक्ने भएकोले देशभरका पर्यटकीय गन्तव्यहरुलाई लेन्सबाट संसारलाई देखाउने पत्रकारका लागि यो तालिमले टेवा पुग्‍ने हामीले विश्‍वास लिएका छौं ।“

तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्‍चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उदेश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए । त्यसैगरी सुनिल चुडामणी बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फोटो पत्रकारिताको महत्व, उत्कृष्ट तस्बिर कसरी लिन सकिन्छ लगायतका सैद्धान्तिक र प्रयोगात्मक विषयमा प्रशिक्षण सञ्‍चालन हुनेछ । यस कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए ।

सिफारिस

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक बाबु–छोरी मृत फेला परेका छन्। गुजरातका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र उनकी १७ वर्षीया...

भर्खरै

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

घान्द्रुकबाट देखिने हिमशृङ्खलाले मोहित पर्यटक (तस्वीरहरू)

कास्की - कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित घान्द्रुकबाट...

धेरै पढिएको