विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्‍चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) सँगको सहकार्यमा नि:शुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुने गरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्‍नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले यो मंगलबारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशिला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्‍न चरणमा सातै प्रदेशमा दिइरहेको छ र सहभागीको क्षमता विकास र पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍न विश्‍वास व्यक्त गरिन् । उनले भनिन्, “नेपालको पर्यटन विकासमा विगतदेखि नै मिडियाको ठूलो योगदान रहेको छ । पछिल्लो समय प्रविधिको व्यापक विकास भएसँगै विश्‍व पर्यटन प्रवृत्तिहरु पनि परिवर्तन भइरहेको छन् । यस परिवेशमा नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धनका साथै पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्न यो तालिम आयोजना गरेका हौं । तपाईहरुले यस तालिमपछि कोशी प्रदेशका गन्तव्यका कथाहरुलाई पर्यटनको दृष्टि र फोटोको शक्तिका माध्यमबाट विश्‍वलाई देखाउन सहयोग पुर्‍याउनुहुने छ भन्‍ने विश्‍वास छ ।“

त्यसैगरी नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकले नेपालको पत्रकारिताको गुणस्तर खस्किरहेको समयमा यस किसिमका तालिमहरु सहयोगी हुने बताएकी छन् । उनले भने, “पछिल्लो समय मिडियाको गुणस्तर कमजोर बन्दै गएको छ । प्रविधिलाई पछ्याउन नसक्दा र सामाजिक सञ्‍जालको व्यापकताको युगमा हामीले कोशीका पर्यटकीय गन्तव्य प्रबर्द्धनमा लाग्‍न अनुरोध छ । यसका लागि आगामी दिनमा पनि यस किसिमका पत्रकारहरुको सिप विकास र क्षमता अभिवृद्धिका कार्यक्रमहरुको निरन्तरता आवश्यक छ ।“

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको उल्लेख गरेका छन् । उनले भने, “दीगो पर्यटन विकासका लागि पत्रकारिता अपरिहार्य छ । एउटै तस्बिरले हजार शब्द बयान गर्नसक्ने भएकोले देशभरका पर्यटकीय गन्तव्यहरुलाई लेन्सबाट संसारलाई देखाउने पत्रकारका लागि यो तालिमले टेवा पुग्‍ने हामीले विश्‍वास लिएका छौं ।“

तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्‍चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उदेश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए । त्यसैगरी सुनिल चुडामणी बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सिना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फोटो पत्रकारिताको महत्व, उत्कृष्ट तस्बिर कसरी लिन सकिन्छ लगायतका सैद्धान्तिक र प्रयोगात्मक विषयमा प्रशिक्षण सञ्‍चालन हुनेछ । यस कार्यक्रमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए ।

सिफारिस

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

भर्खरै

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

धेरै पढिएको