सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो।

सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको हो।

उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो।

सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ।

त्यस्तै विभिन्न संख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार , केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ।

सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। एसईई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लस भन्दा कम हुन नहुने योग्यता तोकिएको छ।

एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ। विभिन्न ट्रेडका फलोअर्स पदका लागि भने साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्नेछन्।

इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर खुलातर्फ १५० र समावेशीतर्फ थप २० प्रतिशत शुल्क बुझाउनुपर्नेछ। ट्रेड फलोअर्सका लागि १ सय रूपैयाँ तोकिएको छ।

दरखास्त दिनका लागि सेनाले विभिन्न भर्ना छनौट कार्यालय तोकेको छ। ती कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ।

हेर्नुस् विज्ञापनः

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको