मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख १६ हजार सहयोग

ललितपुर – पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप विक्रम हमाललाई हङकङबाट आर्थिक रकम सहयोग गरिएको छ ।

विगत २ वर्षदेखि दुवै मिर्गौलामा समस्या भई उपचार गराइरहेका हमालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । तर, प्रत्यारोपण गर्न ठुलो रकमको आवश्यकता भएकोले उनले बताएका छन् । हाल किष्ट हस्पिटलमा उपचारत र सुमेरु हस्पिटलमा हप्ताको दुई पटक डायलिसिस गराइरहेका हमाललाई हङकङबाट पयुँ खोला समाज हङकङका दुर्गा बहादुर थापा, श्रीमती सान्ति थापा र रकम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम आज ९बिहीबार० ललितपुरको धापाखेलमा एक कार्यक्रमको आयोजना गरी बिरामीलाई हस्तान्तरण गरिएको हो ।

२ वर्षदेखि उपचार गराइरहेका हमाल हाल मिर्गौला प्रत्यारोपणको क्रममा रहेका छन् ।उपचारका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बिरामी र उनको परिवारले बताएका छन् । हमालको उपचारका लागि हङकङका दुर्गा थापा, मतीश्री पुनमगर, रसना गुरुङको नेतृत्वमा पर्वत क्लब हङकङका बटर फ्लाई भलिबल गेमका क्रममा सहयोग संकलन गरिएको थियो ।

त्यसैगरी लक्ष्मी गुरुङ, राजकुमार श्रेष्ठ, महेश पुन, सन्तोष थापा, किरण गुरुङ, पुष्पा थापाले मिर्गौला पीडितको उपचारका लागि हङकङमा रकम संकलन गर्न नेतृत्व गरेका थिए ।

आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपन हुन सकेको छैन । परिवारको आयश्रोत बलियो नभएको र भारत गई उपचार गर्न कठिनाइ भएको छ । विरमीका उच्च रत्तचापका कारण हिडडुल गर्न नसक्ने अवस्थामा छ । बुवा पनि विमारी भई उपचार गराइ रहेकाले झनै आर्थिक संकट आइपरेको विरामीले बताए । सहयोग गरिदिन पनि उनेले आग्रह गरेका छन् ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको