दोहोरी साँझ व्यवसायी अशोक गिरी समूहको कुटपिटबाट एक युवक गम्भीर घाइते

काठमाडौं – नेपाल प्रहरीका डिएसपीलाई सरुवा गराइदिने भन्दै धम्की दिने दोहोरी साँझ व्यवसायी अशोक गिरी समूहको कुटपिटबाट एक युवक गम्भीर घाइते भएका छन् ।

जमलमा दोहोरी साँझ चलाउँदै आएका सिन्धुपाल्चोकका अशोक गिरीले सञ्चालन गर्दै आएको दोहोरी साँझबाट बाहिर निस्कन लागेका एक ग्राहकलाई उनीद्वारा संरक्षित ‘गुण्डा’हरुले कुटपिट गर्दा टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

राजधानीको विश्वज्योति मलको माथिल्लो तलामा टप दरबार रोधी क्लब नामको दोहोरी सञ्चालन गर्दै आएका गिरीको समूहले आफ्नो दोहोरीमा आएका ग्राहकको टाउको नै फुटाउने गरी आक्रमण गरेर गम्भीर घाइते भएका छन् ।

त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेतासमेत रहेका आशिष गौतमलाई गिरीको संरक्षणमा रहेका समूहका युवाले कुटपिट गरेको खुलेको छ । उनीहरुले ती युवकलाई कुटपिट गरेपछि उपचार गराउनुको उल्टै प्रहरीको धम्की दिएर भागेको जनाइएको छ । त्यसपछि ती पीडित युवकले प्रहरीलाई १०० मा फोन गरेर आफू कुटिएको बताएपछि प्रहरीले गिरी समूहका खगेन्द्र औडी भनिने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही वर्ष अघिदेखि जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका गिरी गुण्डागर्दीका कारण पटकपटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । पछिल्लो समय गिरीले दोहोरीको स्थान परिवर्तन गरेर विश्वज्योति माथिल्लो तलामा दोहोरी सञ्चालन गर्दै आएका छन् ।

कुटाई खाएका युवाहरुले आफूलाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको जनाइएको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराई अनुसार दोहोरी सञ्चालक अशोक गिरीका विरुद्ध जाहेरी परेको छ ।

गिरीले यसअघि पनि दोहोरीमा आउने ग्राहकहरुलाई प्रहरीका उच्च अधिकारीको नाम लिएर धाक धम्की दिँदै आउने गरेको पनि जनाइएको छ ।

उनी यसअघि २०८० माघमा गुण्डागर्दीकै क्रममा ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेको आरोपमा उजुरी परेपछि पक्राउ परेका थिए । उनले तत्कालिन दरबारमार्गवृत्तका डिएसपी गोविन्द थापालाई आफूलाई पक्राउ गरेमा प्रहरीका उच्च अधिकारीको नाम लिँदै सरुवा गराईदिने धम्की दिएका थिए । तर, डिएसपी थापाले गिरीविरुद्ध परेको उजुरीको आधारमा त्यतिबेला पक्राउ गरेको थियो ।

सिफारिस

एमालेमाथि हमला भए त्यो दिन देश ठप्प हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको बताएका छन्। नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने...

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ (तस्वीरहरू)

तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले...

यस्ता छन् एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको राजनीतिक यात्रा

काठमाडौं - नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक...

भर्खरै

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ (तस्वीरहरू)

तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा...

यस्ता छन् एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको राजनीतिक यात्रा

काठमाडौं - नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा...

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

काठमाडौं - नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो...

एमाले महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

काठमाडौं - नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी...

एमाले चुनावी परिणाम सार्वजनिक : यस्तो बन्यो केन्द्रीय पदाधिकारी टिम

काठमाडौँ - नेकपा एमालेको निर्वाचनको मत परिणाम सार्वजनिक भएको...

नेकपा एमालेको अध्यक्षमा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११...

धेरै पढिएको