नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णु गिरीको दावी

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णुलाल गिरीले दावी गरेका छन् । हाल प्रथम उपाध्यक्ष रहेका गिरीले नेतृत्वमा दावी गरेका हुन् ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने २२ औं साधारण सभा तथा नवौं अधिवेशनमा आफुलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गिरीको तयारी छ । लामो समय महासंघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको र व्यवसायिक हक हित ,व्यवसाय प्रवद्र्धन तथा नीति निर्माण तहमा पुस्तक तथा स्टेशनरि व्यवसायीका पक्षमा पैरवी गरेर नजितामूलक काम गर्ने घोषणासहित गिरीले अध्यक्षमा दावी गरेका हुन् ।

आठौँ अधिवेशन सम्पन्न हुँदासम्म श्रेष्ठता, सकृयता र कार्यसम्पादनका आधारमा सात पटक सम्म सर्वसम्मतिले अध्यक्ष चयन हुँदै आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अभ्यास छ । सोही अनुसार अघिल्लो कार्यकालका प्रथम उपाध्यक्ष नारायण प्रसाद दाहाल निर्विरोध अध्यक्ष भएका थिए । उनको २ वर्षे कार्यकाल सकिएपछि हालका प्रथम उपाध्यक्ष गिरीले पनि श्रेष्ठता, सकृयता र कार्यसम्पादनका आधारमा अध्यक्षमा दावी गरेका हुन् ।

२२ औं साधारण सभा तथा नवौं अधिवेशनको मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका गिरीले २०७० सालमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको सदस्यता लिएका थिए ।

२०७५ मा कार्यसमिति सदस्य र २०७७ मा सचिव भएका गिरी २०८० मा भएको अधिवेशनबाट लोकप्रिय मत ल्याएर प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रथम उपाध्यक्ष हुँदा महासंघ काठमाडौंको अनुगमन समिति संयोजकसमेत रहेका गिरीले काठमाडौंका विद्यालय हातामा हुने अबैद्य पुस्तक विक्रि रोक्ने अभियानको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा पुस्तक व्यवसायिको हक, हितमा काम गर्न तथा सर्वाेच्च अदालतको विद्यालय हाता भित्र शैक्षिक सामग्रि विक्रि वितरण गर्न रोक लगाएको फैसलाको कानूनी आधारलाई पैरवी गर्दै काठमाडौंका सबै स्थानिय तहमा ध्यानाकर्षण पत्र बुझाई विद्यालय हाता भित्र हुने त्यस प्रकारका गतिविधि रोक्ने लगायत अन्य थुप्रै सिर्जनशिल कामहरु भएका छन् ।

भएका कामलाई संस्थागत गर्न र थप रचनात्मक काम गर्न महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने गिरीले बताए । ‘मैले लामो समय महासंघमा काम गरेँ, त्यो सबै व्यवसायिहरुले नजिकबाट हेर्नुभएको छ । अहिले प्रथम उपाध्यक्ष पनि हुँ त्यसैले अध्यक्षमा मेरो उम्मेदवारी स्वभाविक छ ।’ गिरीले भने, ‘महासंघ केन्द्रका संस्थापक अध्यक्ष देखि हालसम्मका सवै अध्यक्ष सल्लाहाकार तथा महासंघलाई आजको मिति सम्म ल्याउन अहोरात्र खट्नुभएका अग्रजहरुको उच्च सम्मान गर्दै उहाँहरुको राय, सुझाव र समन्वयमा संस्थागत हितमा काम गर्ने हो । मलाई साथीहरुले निर्विरोध नेतृत्व दिएर एक पटक काम गर्ने अवसर दिनुहुन्छ भन्ने पुर्ण अपेक्षा गरेको छु ।’ विशुद्ध व्यवसायिक संगठन भएकाले अन्य फोरमहरुमा जस्तो अस्वस्थ प्रतिस्पर्धा पुस्तक व्यवसायीहरुमा नहुने उनको भनाई छ ।

गुणस्तरीय उत्पादन–मर्यादित ब्यापार, नीति निर्माणमा पहुँच–सांगठनिक आधार भन्ने मूल नारासहित स्थापित नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले निरन्तर लक्ष्य अनुसार काम गर्दै आएको छ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको