पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी भोलिदेखि नेपाल पर्यटन बोर्डमा सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनी हो।

प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर अझै पर्याप्त रूपमा चर्चामा नआएका गाउँ–बस्ती, मनमोहक प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने ड्रोन तस्बिरहरू समावेश गरिनेछ।

नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार–प्रसारको पर्खाइमा रहेका स्थानहरूको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फोटो पत्रकार गुरुङले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा केही पहिले नै लोकप्रिय पर्यटनस्थलका तस्बिरहरूका साथै अहिले जुर्मुराउँदै गरेका र भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ–ठाउँका दृश्यहरू पनि समेटिएका छन्।

“चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित भएर ड्रोनमार्फत कैद गरिएका तस्बिरहरू प्रदर्शनीमा प्रस्तुत गरिएको छ,” गुरुङले बताए।

नेपाल पर्यटन बोर्डको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन्। नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो किसिमको प्रदर्शनी पहिलोपटक आयोजना हुन लागेको आयोजकको दाबी छ।

यस प्रदर्शनीले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रदर्शनी आइतबारसम्म चल्नेछ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको