महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ – डा. टीका ढकाल

काठमाडौं – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।

पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।

पार्टीको विधि, विधान र अनुशासनअनुसार अघि बढ्दै प्रतिनिधिहरूले दिएको भरोसाको सम्मान गर्नुपर्ने चुनौती आफूले आत्मसात गरेको उनले बताइन् । ‘अब मैले गर्ने हरेक कदमले पार्टी र भोलिको नेतृत्वमा उत्तर दिनुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।

महाधिवेशनको माहोललाई उत्साहजनक र लोकतान्त्रिक भन्दै डा. ढकालले प्रतिनिधिहरूको पार्टीप्रतिको समर्पणले आफू प्रभावित भएको बताइन् ।
पार्टीभित्र विद्रोह र कठिन परिस्थिति पार गरेर आएको पृष्ठभूमि हुँदाहुँदै पनि प्रतिनिधिहरूमा देखिएको ऊर्जा र प्रतिबद्धताले नेकपा एमाले अझै गतिशील र जीवित पार्टी भएको पुष्टि गरेको उनको धारणा रहेको छ ।

११ औँ महाधिवेशनले युवाहरू र नयाँ पुस्तालाई उल्लेखनीय रूपमा समेट्नु सकारात्मक कदम भएको उनले उल्लेख गरिन् ।

नयाँ जिम्मेवारीसँगै आफूले सुशासन, भ्रष्टाचार नियन्त्रण र लैङ्गिक समावेशिताको एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने डा. ढकालले स्पष्ट पारिन् ।
समाजमा पार्टीप्रति देखिएको अविश्वास हटाउन पारदर्शिता, विधिको शासन र निष्पक्ष कार्यशैली अनिवार्य भएको उनको भनाइ छ । विशेष गरी नेतृत्व तहमा महिलाको आवाज अझ बलियो बनाउन संरचनागत र व्यवहारिक दुवै तहमा काम गर्नुपर्ने उनले बताइन् ।

महिला राजनीतिज्ञका रूपमा भोग्नुपरेका चुनौतीबारे बोल्दै डा. ढकालले पारिवारिक दायित्व, सामाजिक दृष्टिकोण र जिम्मेवारीको भार महिलाका लागि ठूलो चुनौती भएको बताइन् ।

यद्यपि, महिलाहरू सक्षम नेतृत्व र कुशल प्रशासक भएको प्रमाण इतिहासले दिइसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाले महिलालाई अघि बढ्ने अवसर दिएको उनको धारणा छ । आउने पुस्तामा लैङ्गिक विभेद अन्त्य गर्न निरन्तर संघर्ष आवश्यक रहेको उनले जोड दिइन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबारे उठेका बहसमा डा.ढकालले उनी राष्ट्रकै गौरव भएको उल्लेख गरिन् ।

उच्च पद सम्हालेको व्यक्तिको गरिमा र वैधानिक प्रक्रियालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । पार्टी निर्णय र विधिभन्दा बाहिर गएर हुने कुनैपनि गतिविधिले पार्टीलाई कमजोर बनाउने खतरा रहने भएकाले स्पष्टता आवश्यक भएको बताइन् ।

डा. टीका ढकालले युवा र महिलालाई भावनामा बग्नुभन्दा यथार्थ बुझेर राजनीति गर्न आह्वान गरिन् । देश निर्माणको मूल माध्यम राजनीति नै भएको उल्लेख गर्दै स्थापित, अनुशासित र जनाधार भएको पार्टीमार्फत सुधार सम्भव हुने उनको धारणा छ ।

‘भ्रम होइन, विचार रोजौँ; विदेश होइन, यहीँ बसेर देश बनाऔँ,’ भन्दै उनले सबै नेपालीलाई मिलेर समुन्नत, सुशासित र सुसंस्कृत समाज निर्माणमा जुट्न आग्रह गरिन् । सन्तोषी रावल /नेपाल न्युज बैँक

सिफारिस

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ। महाधिवेशनको बन्दसत्र र सांगठनिक...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अशोक राई नेतृत्वको ‘समाजवादी...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक...

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

धेरै पढिएको