भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने माधवनारायण मेला एवं व्रत सुरु भएको छ। नेपाल संवत्को आठौँ शताब्दीबाट सुरु भएको विश्वास गरिने यो मेला पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ।

व्रतालुले त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ अर्पण गर्दै माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरेका छन्। शिलालेखअनुसार तत्कालीन राजा रणजित मल्ल स्वयं उपस्थित भई व्रत प्रारम्भ गरेको उल्लेख छ।

मेला अवधिभर दैनिक पूजा, माधवनारायणको कथा वाचन तथा त्रिवेणी कुण्डमा स्नान गरिन्छ। यस वर्ष महिला–पुरुष गरी ३५ जनाले व्रत बसेका छन्, जसमा सात जना महिलाले त्रिवेणीधाममै बसेर व्रत पूरा गर्ने भएका छन्।

हनुमन्ते खोलामा ढल मिसिएका कारण व्रतालुको सङ्ख्या घट्दै गएको गुनासो गरिएको छ। मेला सञ्चालनका लागि भक्तपुर नगरपालिकाले अस्थायी स्नानको व्यवस्था मिलाएको जनाएको छ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको