ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल समाप्त भएसँगै आगामी पुस २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठनभित्र चुनावी गतिविधि बढ्दै गएको छ।

अध्यक्ष पदका लागि दुई मुख्य प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। निर्वाचनमा दीपकराज भुषाल प्यानल र लक्ष्मण पौडेल प्यानल आमनेसामने हुने भएका छन्। अध्यक्षसहित १८ पदका लागि उम्मेदवारहरू मैदानमा उत्रिँदा ईक्यानभित्रको राजनीतिक सरगर्मी थप बढेको छ।

यसै क्रममा काभ्रेका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपाल (NABU) ले ईक्यान केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। उहाँ लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै काभ्रे जिल्लामा संगठन विस्तार, सदस्य एकता सुदृढीकरण, कानुनी प्रक्रिया तथा लाइसेन्स व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

नवराज नेपालको उम्मेदवारी घोषणासँगै उहाँले युवा नेतृत्व विकास, सदस्यमैत्री सेवा प्रवाह, स्पष्ट नीति–नियमको प्रभावकारी कार्यान्वयन तथा ईक्यानलाई अझ व्यावसायिक, उत्तरदायी र विश्वासिलो संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हालसम्म केन्द्रीय सदस्य पदका लागि नवराज नेपालसहित ८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। ईक्यानमा देशभर सात सयभन्दा बढी शैक्षिक परामर्श व्यवसायी आवद्ध छन् भने आठवटा शाखा सञ्चालनमा छन्।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको