ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल समाप्त भएसँगै आगामी पुस २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठनभित्र चुनावी गतिविधि बढ्दै गएको छ।

अध्यक्ष पदका लागि दुई मुख्य प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। निर्वाचनमा दीपकराज भुषाल प्यानल र लक्ष्मण पौडेल प्यानल आमनेसामने हुने भएका छन्। अध्यक्षसहित १८ पदका लागि उम्मेदवारहरू मैदानमा उत्रिँदा ईक्यानभित्रको राजनीतिक सरगर्मी थप बढेको छ।

यसै क्रममा काभ्रेका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपाल (NABU) ले ईक्यान केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। उहाँ लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै काभ्रे जिल्लामा संगठन विस्तार, सदस्य एकता सुदृढीकरण, कानुनी प्रक्रिया तथा लाइसेन्स व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

नवराज नेपालको उम्मेदवारी घोषणासँगै उहाँले युवा नेतृत्व विकास, सदस्यमैत्री सेवा प्रवाह, स्पष्ट नीति–नियमको प्रभावकारी कार्यान्वयन तथा ईक्यानलाई अझ व्यावसायिक, उत्तरदायी र विश्वासिलो संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हालसम्म केन्द्रीय सदस्य पदका लागि नवराज नेपालसहित ८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। ईक्यानमा देशभर सात सयभन्दा बढी शैक्षिक परामर्श व्यवसायी आवद्ध छन् भने आठवटा शाखा सञ्चालनमा छन्।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको