काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छन्। उनी नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली गएकी हुन्।
यसअघि आइतबार नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नयाँ दिल्ली पुगेका थिए। प्रचण्ड दिल्लीमै रहेका बेला आरजु राणा भारत प्रस्थान गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि सोमबार नयाँ दिल्ली गएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उच्च तहका नेताहरूको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका छ।
