राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं – आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच निर्वाचनमा सहकार्य गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक सहमतिअनुसार कांग्रेस र एमालेले समान रूपमा ७–७ सीट लिने, नेकपाले ३ सीट र जसपा नेपालले १ सीट पाउने समझदारी बनेको छ । यद्यपि नेकपाले भने चार सीटको माग गरिरहेको बताउँदै नेता लेखकले बेलुकासम्ममा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।

‘कांग्रेस र एमालेले ७–७ सीटमा चित्त बुझाइसकेका छन् । नेकपाले चार सीटको माग गरेको छ, तर उहाँहरू पनि बेलुकासम्ममा सहमतिमा आउनुहुन्छ भन्ने विश्वास छ,’ लेखकले भने ।

उनका अनुसार बाँकी विषयहरू टुंग्याउन दलहरूबीच निरन्तर छलफल भइरहेको छ र आज बेलुकासम्म अन्तिम सहमति सार्वजनिक गरिने तयारी छ ।

राष्ट्रिय सभाका रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुन लागेको छ । निर्वाचनमा तालमेल गरेर जाने निर्णयसँगै दलहरू उम्मेदवार चयन र चुनावी रणनीति तय गर्न व्यस्त बनेका छन् ।

सिफारिस

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

भर्खरै

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

धेरै पढिएको