संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई लिखित अनुरोध गरेका छन्।

सभापति तथा केन्द्रीय समितिलाई सानेपा, ललितपुरमा सम्बोधन गरी पठाइएको पत्रमा नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य–मान्यताको मूल आधार र जनविश्वासको ऐतिहासिक पार्टीको रूपमा उल्लेख गरिएको छ। पत्रमा राजनीतिक जटिलता र चुनौतीका प्रत्येक घडीमा कांग्रेसले अग्रणी भूमिका खेल्दै आएको इतिहास स्मरण गराइएको छ।

महाधिवेशन प्रतिनिधिहरूले २०८२ साल भदौ २३ र २४ गते जेन–जी युवाहरूको आह्वानमा भएको आन्दोलनपछि मुलुकको राजनीति गम्भीर र चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गरेका छन्। साथै, ‘जेन–जी विद्रोह’को नाममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको कडा निन्दा र भर्त्सना गरिएको छ।

पत्रमा वर्तमान संवेदनशील अवस्थामा अस्थिर बन्दै गएको राजनीतिक वातावरणलाई सहज, शालीन र स्थिरतामुखी दिशामा डोर्याउन नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको जनअपेक्षा स्पष्ट देखिएको उल्लेख छ। समयको मागअनुसार पार्टीका सबै संरचना र अंगहरूलाई चुस्त, दुरुस्त, पारदर्शी र प्रभावकारी बनाउनु आजको प्रमुख दायित्व भएको उनीहरूको ठहर छ।

नियमित महाधिवेशनमार्फत पार्टीका सबै तहमा नयाँ, सक्षम, विश्वसनीय र जनउत्तरदायी नेतृत्वको उदय हुने र त्यसले चुनौतीपूर्ण राजनीतिक परिस्थितिको सामना गर्न मद्दत पुग्ने विश्वास पत्रमा व्यक्त गरिएको छ।

पार्टी विधानले तोकेको समयसीमाभित्र विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनमार्फत नै नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूले विनम्र अनुरोध गरेका छन्।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको