महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। आइतबार भएको खेलमा घरेलु टोली नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सीता रानामगरले २ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १४ रन दिइन्।

थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७ रनको योगदान दिईन्। नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो।

पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन। नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो। ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट हुन पुगिन्।

अर्की ओपनर विन्दु रावल ४४ रनमा आउट भईन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो।

१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन्। पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन्। इन्दु बर्मा ६ रनमा क्याच आउट भइन्। कविता कुवँर २ रनमा रनआउट हुन पुगिन्। सीता रानामगर शून्य रनमा नै आउट भइन्।

रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा आउट भए। काजल श्रेष्ठ २ रनमा अविजित रहिन्। थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिईन्। चनिदा पुथ्थावोङ, सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान एक विकेट लिए।

समुह चरणको दोस्रो खेलमा नेपालले बिहीबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। शनिबार जिम्बावे र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छन्।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको