नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं – प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरेका छन् । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा बिच नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी.– २०८२ को शुभारम्भ गरेका हुन् ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको समुद्घाटन कार्यक्रमका बिच प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीनजना गैर सैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्याङ्कन समितिका सदस्यहरूलाई कदर पत्रद्वारा सम्मानित गरका छन् ।
कार्यक्रम पश्चात् प्रधान सेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३१ वटा स्टलहरू राखिएका छन् ।
सेना दिवस–२०८२ को अवसरमा यही माघ ०७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आम नागरिकलाई जङ्गी अड्डाको पश्चिम गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समुद्घाटन समारोहमा पूर्व प्रधान सेनापतिहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सकलदर्जा, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

सिफारिस

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य कुनै विकल्प अस्वीकार्य हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत्...

भर्खरै

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

 माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप...

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व...

धेरै पढिएको