सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।

आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।

उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’

उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा दिएको पनि जानकारी गराएकी छन् ।

उनले भनिन्, ‘आज मिति २०८२ माघ ४ गते नेपालको संविधान स्थानिय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार आज कै दिन अर्थात २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिनु भएको राजीनामा मलाई प्राप्त भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’

सिफारिस

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य कुनै विकल्प अस्वीकार्य हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत्...

भर्खरै

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

 माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप...

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व...

धेरै पढिएको