राजन रोकायले जिते प्रधानसेनापति खुला म्याराथनको उपाधि (तस्वीरहरू)

काठमाडौँ – नेपाली सेना को २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा काठमाडौँमा आयोजित ११ औँ संस्करणको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ।

“बलियो एकता, सुरक्षित राष्ट्र” भन्ने नारासहित आयोजित प्रतियोगिताको ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ नेपाली सेनाका राजन रोकाय प्रथम भएका छन्। उनले उपाधिसहित ३ लाख रुपैयाँ नगद र मोटरसाइकल पुरस्कार प्राप्त गरे।

यसै विधामा खड्क बहादुर खड्का द्वितीय हुँदै २ लाख रुपैयाँ र सुशिल कुमार शाही तृतीय हुँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भए। चौथोदेखि दशौँ स्थानसम्मका धावकलाई पनि मेडलसहित नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

२१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ पनि प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भई १ लाख रुपैयाँ र स्कुटर पुरस्कार प्राप्त गरिन्। उनले राजेन्द्र क्षेत्री अक्षकोषबाट थप २५ हजार रुपैयाँसमेत पाइन्। निसा सार्की द्वितीय र निर्मला के.सी. तृतीय भए।

पुरुषतर्फ गजेन्द्र राई प्रथम भई १ लाख रुपैयाँ र मोटरसाइकल प्राप्त गरे। नरेन्द्र रावल द्वितीय (७५ हजार रुपैयाँ) र अर्जुन बुढा तृतीय (५० हजार रुपैयाँ) भए।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी), कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड, कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा उच्चपदस्थ अधिकारी र आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गसमेत आयोजना गरिएको थियो।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको उक्त म्याराथनको मुख्य उद्देश्य सामाजिक एकता प्रवर्द्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि तथा नागरिक–सेना सम्बन्ध सुदृढ बनाउनु रहेको सेनाले जनाएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको