राजन रोकायले जिते प्रधानसेनापति खुला म्याराथनको उपाधि (तस्वीरहरू)

काठमाडौँ – नेपाली सेना को २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा काठमाडौँमा आयोजित ११ औँ संस्करणको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ।

“बलियो एकता, सुरक्षित राष्ट्र” भन्ने नारासहित आयोजित प्रतियोगिताको ४२.१९५ किलोमिटर पूर्ण म्याराथन पुरुष खुलातर्फ नेपाली सेनाका राजन रोकाय प्रथम भएका छन्। उनले उपाधिसहित ३ लाख रुपैयाँ नगद र मोटरसाइकल पुरस्कार प्राप्त गरे।

यसै विधामा खड्क बहादुर खड्का द्वितीय हुँदै २ लाख रुपैयाँ र सुशिल कुमार शाही तृतीय हुँदै १ लाख रुपैयाँ प्राप्त गर्न सफल भए। चौथोदेखि दशौँ स्थानसम्मका धावकलाई पनि मेडलसहित नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

२१ किलोमिटर हाफ म्याराथन महिला तथा पुरुष खुलातर्फ पनि प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भई १ लाख रुपैयाँ र स्कुटर पुरस्कार प्राप्त गरिन्। उनले राजेन्द्र क्षेत्री अक्षकोषबाट थप २५ हजार रुपैयाँसमेत पाइन्। निसा सार्की द्वितीय र निर्मला के.सी. तृतीय भए।

पुरुषतर्फ गजेन्द्र राई प्रथम भई १ लाख रुपैयाँ र मोटरसाइकल प्राप्त गरे। नरेन्द्र रावल द्वितीय (७५ हजार रुपैयाँ) र अर्जुन बुढा तृतीय (५० हजार रुपैयाँ) भए।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दौड (सेनाका सक्रिय तथा अवकाशप्राप्त कर्मचारी), कक्षा १०–१२ का विद्यार्थीका लागि १० किलोमिटर दौड, कक्षा ७–९ का विद्यार्थीका लागि ५ किलोमिटर दौड तथा उच्चपदस्थ अधिकारी र आमन्त्रित अतिथिका लागि ५ किलोमिटर वाकिङ्गसमेत आयोजना गरिएको थियो।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको उक्त म्याराथनको मुख्य उद्देश्य सामाजिक एकता प्रवर्द्धन, स्वास्थ्यप्रति चेतना अभिवृद्धि तथा नागरिक–सेना सम्बन्ध सुदृढ बनाउनु रहेको सेनाले जनाएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको