गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनायो। टोलीका लागि शिशिर ओलीले सर्वाधिक ४३ रन बनाउँदा घनश्याम यादवले ३७ रनको महत्वपूर्ण योगदान दिए। स्वरज चौलागाईं र कुञ्जन आचार्यले अविजित रहँदै टिमलाई मजबुत योगफलसम्म पुर्‍याए।

बलिङतर्फ क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुरका इब्राहिम मिया, देवांश जंग लामिछाने र रिजन श्रेष्ठले समान १–१ विकेट लिए।

११६ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर यू–१७ ले राम्रो प्रदर्शन गर्न सकेन। क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुरका लागि देवांश जंग लामिछानेले १८ रन बनाए भने उदय मण्डलले १३ रन जोडे। अन्य ब्याट्सम्यानहरू ठूलो स्कोर बनाउन असफल हुँदा टोली लक्ष्यभन्दा १८ रनले पछि रह्यो।

हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका लागि सक्षम क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।

त्यसैगरी गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीले बलुवाटार क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको एन्जल्स स्पोर्ट्स एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाउँदै १२१ रन बनायो। टोलीका लागि सन्दीप साउदले शानदार ५३ रन बनाउँदै अर्धशतक प्रहार गरे भने जोय थापाले ४१ रनको महत्वपूर्ण योगदान दिए, धिरज यादव अविजित ७ रनमा रहे।

बलिङतर्फ बलुवाटार क्रिकेट क्लबका अर्जुन बोहराले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिएर विपक्षीलाई दबाबमा राखेका थिए।

१२२ रनको लक्ष्य पछ्याएको बलुवाटार क्रिकेट क्लबले राम्रो सुरुवात गरे पनि निरन्तर विकेट गुमाउँदा १५ ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। टोलीका लागि हेमराज सापकोटाले ३१ रन बनाए भने सुजन रोकायले २४ रन र सत्यम बस्नेतले १५ रन जोडे।

एन्जल्स स्पोर्ट्स एकेडेमीका लागि इन्साब बोहराले शानदार बलिङ गर्दै ३ विकेट लिएर टोलीको जितमा निर्णायक भूमिका खेले।

त्यसैगरी आजै भएको तेस्रो खेलमा वन डे क्रिकेट एकेडेमी ले शानदार प्रदर्शन गर्दै किंग्स क्रिकेट एकेडेमी लाई ६८ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको वन डे क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाउँदै १४० रनको बलियो योगफल बनायो।

टोलीका लागि धन राज दाहालले अविजित ३० रन बनाए भने अनिल बस्नेतले २५ रनको योगदान दिए। विवेक यादवले २२ रन जोड्दा पप्पु रायले १३ रन बनाए। अतिरिक्त ४० रनले पनि टोलीलाई ठूलो स्कोर बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

१४१ रनको लक्ष्य पछ्याएको किंग्स क्रिकेट एकेडेमी दबाबमा देखियो र नियमित विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सकेन। अभियन खड्काले १८ रन बनाउँदा शान्तनु बस्नेतले ११ रन जोडे, तर अन्य ब्याट्सम्यानहरू खासै चल्न सकेनन्।

बलिङतर्फ वन डे क्रिकेट एकेडेमीका सुजल कुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। साथै, प्रभास यादव र मुबारक नदाफले पनि २- २ विकेट लिँदै टोलीको जितमा योगदान दिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको