सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं – थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको छ। सप्ताहान्तभित्रै बस्ती खाली गराउने तयारीसँगै प्रशासनले तीव्र गतिमा खाली गराउने काम अघि बढाएको हो।

बस्ती हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले माइकिङ गर्दै बासिन्दालाई घरभित्रका सामान सार्न आग्रह गर्नुका साथै ओसारपसारमा सहयोग समेत गरिरहेको छ।

तर, सिनामंगल क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका ठूलो संख्याका सुकुम्बासी परिवार भने यतिबेला अन्योलमा परेका छन्। ‘अब कहाँ जाने र के गर्ने?’ भन्ने प्रश्नले धेरै परिवार चिन्तित देखिएका छन्।

बस्ती हटाउने क्रममा बालबालिकाहरू रोइरहेका छन् भने समग्र वातावरण तनावपूर्ण बनेको छ। केही परिवार भने आफैं कोठा खोजेर अन्यत्र सरिसकेका छन्।

कतै जाने विकल्प नभएका परिवारलाई सुरक्षाकर्मीले नजिकैको रंगशालामा पुर्‍याएर अस्थायी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

सरकारले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने संकेत गरेसँगै काठमाडौंका अन्य सुकुम्बासी बस्तीमा पनि यसको असर पर्ने देखिएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको