सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं – थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको छ। सप्ताहान्तभित्रै बस्ती खाली गराउने तयारीसँगै प्रशासनले तीव्र गतिमा खाली गराउने काम अघि बढाएको हो।

बस्ती हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले माइकिङ गर्दै बासिन्दालाई घरभित्रका सामान सार्न आग्रह गर्नुका साथै ओसारपसारमा सहयोग समेत गरिरहेको छ।

तर, सिनामंगल क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका ठूलो संख्याका सुकुम्बासी परिवार भने यतिबेला अन्योलमा परेका छन्। ‘अब कहाँ जाने र के गर्ने?’ भन्ने प्रश्नले धेरै परिवार चिन्तित देखिएका छन्।

बस्ती हटाउने क्रममा बालबालिकाहरू रोइरहेका छन् भने समग्र वातावरण तनावपूर्ण बनेको छ। केही परिवार भने आफैं कोठा खोजेर अन्यत्र सरिसकेका छन्।

कतै जाने विकल्प नभएका परिवारलाई सुरक्षाकर्मीले नजिकैको रंगशालामा पुर्‍याएर अस्थायी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

सरकारले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने संकेत गरेसँगै काठमाडौंका अन्य सुकुम्बासी बस्तीमा पनि यसको असर पर्ने देखिएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको