राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । साथै “पर्यटन प्रवद्र्धनमा फोटोपत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व. चुङ्वा सेर्पाको स्मृतिमा ३ लाख रुपैयाँ राशिको पुरस्कारको अक्षयकोष पनि स्थापना गरिएको छ । उनकी छोरी क्याप्टेन बन्दा शेर्पा र छोरा छेवाङ शेर्पाको उपस्थितिमा “वाइल्डलाइफ फोटो पत्रकारिता पुरस्कार”  घोषणा गरिएको हो ।

प्रमुख अतिथि सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटोपत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने र यसले फोटोपत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने साथै पर्यटनको लागि प्रचारप्रसारको माध्ययमनै फोटो भिडियो भएको बताउनुभयो । विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामसरण बोहराले फोटो कपीराइटको विषयमा बोल्दै फोटोपत्रकारका सिर्जनाहरू अनुमति बिना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेको उल्लेख गर्नुभयो । काठमाडौं फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व अध्यक्ष राजभाइ सुवालले एआईको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटोपत्रकारहरू राज्य तथा सञ्चारगृहबाट समेत पीडित भएको उल्लेख गर्दै जीवन बीमा, स्वास्थ्य बीमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने बताउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय स्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका १०० जना फोटोपत्रकार तथा फोटोग्राफरलाई सहभागी गराई अन्तर्राष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गर्नुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको