नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं – नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ।

विश्व वन्यजन्तु कोष नेपालले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा विगत ५० वर्षदेखि प्रकृति तथा वातावरण संरक्षण तथा वन्यजन्तु सुरक्षामा नेपाली सेनाले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरेको हो।

नेपाली सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई “शून्य चोरी शिकारी वर्ष” का रूपमा मनाउन सफल भएपछि अब्राहम संरक्षण पुरस्कारबाट सेनाका विभिन्न ६ युनिट सम्मानित भएका थिए। त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जले “दोहोरो बाघ पुरस्कार” समेत प्राप्त गरेको थियो।

वि.सं. २०३२ सालदेखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिँदै आएको नेपाली सेना हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा परिचालित छ। यस कार्यमा ८ गण, ७ अनाश्रित गुल्म र १ प्रकृति संरक्षण शिक्षालयमार्फत करिब ८ हजारभन्दा बढी सैनिक खटिएका छन्।

संरक्षण प्रयासकै परिणामस्वरूप सन् २००९ मा १२१ रहेको पाटे बाघको सङ्ख्या हाल ३५५ पुगेको छ भने सन् २००५ मा ४०० रहेको एकसिङ्गे गैँडाको सङ्ख्या बढेर ७५२ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र विषम परिस्थितिका बाबजुद नेपाली सेनाले संरक्षण जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको जनाएको छ। यस क्रममा प्रकृति तथा वन्यजन्तु संरक्षण अभियानमा खटिँदा हालसम्म नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन्।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको