‘चर्या प्रवाह’ मा गुरु यज्ञमान पति बज्राचार्य सम्मानित

काठमाडौं – काठमाडौं महानगरपालिका, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा “चर्या प्रवाह” कार्यक्रम सम्पन्न भएको छ।

नेपा: डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा  जेठ ९ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान गरिएको छ।

कार्यक्रममा विभिन्न कलाकारहरूले चर्या नृत्य प्रस्तुत गर्दै गुरु बज्राचार्यको योगदानप्रति श्रद्धा व्यक्त गरेका थिए।

सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै गुरु यज्ञमान पति बज्राचार्यले कार्यक्रमको वातावरण अत्यन्त आध्यात्मिक र भावनात्मक रहेको बताउनुभयो। उहाँले देवी–देवताहरूको अलौकिक उपस्थिति महसुस भएको उल्लेख गर्दै यस्तो सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम दुर्लभ हुने धारणा राख्नुभयो। साथै, आफूले जीवनको सार्थकता अनुभूत गरेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाप्रति विशेष आभार व्यक्त गर्नुभयो।

आयोजकको तर्फबाट बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु यज्ञमान पति बज्राचार्यले जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताउनुभयो। उहाँले संस्कृति संरक्षणमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै सहभागी कलाकार तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमको संयोजन नेपा: डान्स एकेडेमीका प्रमुख संयोजक रीना महर्जन, अध्यक्ष रोहिया महर्जन तथा व्यवस्थापकीय निर्देशक गम्भीर मान सिंहले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सदिक्ष्या श्रेष्ठले गर्नुभएको थियो।

 “चर्या प्रवाह” कार्यक्रमले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको