प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतीय भूमि कहाँ र कसरी मिचेको हो भन्ने विषयमा स्पष्ट पार्न माग गरिन्।

उनले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्ति गम्भीर विषय भएकाले त्यसबारे तथ्यसहित जानकारी दिनुपर्ने बताइन्। यदि त्यसको पुष्टि गर्न नसकिने हो भने उक्त भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने उनको माग थियो।

यसअघि प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा नेपालले भारतीय भूमि मिचेको जानकारी गराएका थिए। उक्त अभिव्यक्तिपछि संसदमा विभिन्न दलका सांसदहरूले चासो र आपत्ति जनाएका छन्।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसलाई गम्भीर विषयको रूपमा लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित संवेदनशील विषय उठाएकाले आवश्यक स्पष्टता दिनुपर्ने धारणा राखे।

मल्लले पनि उक्त अभिव्यक्ति पुष्टि हुन नसके संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्रीको भनाइलाई लिएर संसदमा थप छलफल हुने सम्भावना देखिएको छ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको