काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला काठमाडौं र दिल्ली दुवैतिर सुनिएका ‘गड्याङगुडुङ’ का आवाज आफूलाई प्रिय नलागेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले रवि लामिछानेको द हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखले नेपाल र भारतमा सकारात्मक तरंग सिर्जना गरेको र त्यसका धेरै विषयमा आफ्नो सहमति रहेको उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता–संस्कृतिका विषयमा चर्चा हुँदा दुवैतिर सकारात्मक प्रतिक्रिया आउने गरे पनि सम्बन्धको अर्को संवेदनशील पाटो भने सधैं विवाद र अविश्वासको केन्द्रमा रहने गरेको बताएका छन्।

भट्टराईका अनुसार नेपाल–भारत सम्बन्धको मूल गाँठो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको छ। भारतीय पक्षमा लामो समयदेखि रहेको ‘हिमालयन फ्रन्टियर’ सम्बन्धी सोच र नेपाली समाजमा रहेको ‘सिक्किमीकरण’ को त्रासले दुई देशबीचको सम्बन्धलाई जटिल बनाइरहेको उनको भनाइ छ।

उनले यही कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफस’ कथाजस्तै एउटै चक्रमा अल्झिँदै आएको टिप्पणी गरेका छन्।

भट्टराईले आफू प्रधानमन्त्री रहेका बेला यही समस्या समाधान गर्ने उद्देश्यले नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठनको अवधारणा अघि सारेको स्मरण गर्दै उक्त समूहको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताएका छन्।

उनले रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको यो दुष्चक्र तोड्न योगदान पुर्‍याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। तर, हाल काठमाडौं र दिल्ली दुवैतिर सुनिएका ‘गड्याङगुडुङ’ का संकेत भने उत्साहजनक नरहेको उनको टिप्पणी छ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा...

धेरै पढिएको