पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क (PNAN) को संयुक्त आयोजनामा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा असार २९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

पाकिस्तानबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकहरूको टोलीले वरिष्ठ नागरिक, महिला तथा बालबालिकासहित स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेको दूतावासले जनाएको छ। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको थियो।

शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। पाकिस्तान दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वयंसेवक तथा नागार्जुन नगरपालिकाप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रममा उपप्रमुख सुशीला अधिकारीले स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनलाई धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तान दूतावासले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको