हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन्।

उनीहरूले संसद्को रोष्ट्रम घेराउ गरिरहेका छन्। सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराए। सभामुखले यसअघि नै बस्न आदेश दिएका थिए।

भएको के हो ?
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको जवाफ दिइन् । स्पष्टीकरणमा सोधिएका प्रश्नको जवाफ दिएर आफ्नो धारणा सकिन् । सभामुखले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल समाप्त भएको जानकारी गराए ।

त्यसपछि श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ उठे । सभामुखले स्पष्टीकरणमा फेरि स्पष्टीकरण सोध्ने व्यवस्था नरहेको भन्दै बस्न आग्रह गरे । सभामुखले हर्कको प्रश्नको जवाफ आगामी दिनमा आउला भन्दै बस्न आग्रह गरे । हर्क बसेनन् । उनले मन्त्रीसँग स्पष्टीकरणमा सोधेका थिए, “संगीत, खेलकुद र चलचित्रलाई पनि उद्योग मान्छ सक्छौँ कि सक्दैनौँ । मान्न सक्छौँ भने त्यस क्षेत्रमा बजेट विनियोजन के कति गरेका छौँ । त्यसको उत्तर दिनुहोला ।”

मन्त्रीले आफ्नो प्रश्नमा जवाफ नदिएको भन्दै उठिरहे । सभामुखले भने, “स्पष्टीकरणमाथि स्पष्टीकरण हुँदैन । माननीय सदस्यले बोलेको कुरा आगामी दिनमा आउला । यहाँ बसेर वादविवाद नगरौँ ।”

सभामुखले आफूले सोधेको जवाफ मन्त्रीले नदिएपछि मन्त्रालयमा गएर पनि सोध्न सकिने समेत बताए । उनले सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे । हर्क मानेनन् । सभामुखले हर्कलाई बस्न आदेश गरे । “माननीय सदस्यलाई बस्न म आदेश गर्छु,” सभामुखले भने ।

हर्क बोलिरहे । सभामुखले फेरि आसनग्रहण गर्न आदेश दिए । हर्क बसेनन् । र, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयसँग सम्बन्धित छलफलमा उठेको प्रश्नको जवाफ दिन समय दिए ।

उनले जवाफ दिइन् । श्रम संस्कृति पार्टीका सांसद उभिए । त्यसपछि उनीहरू वेलमा पुगे । सभामुखले आदेशबारे ध्यानाकर्षण गराए ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको