हर्क साम्पाङले मानेनन् सभामुखको आदेश

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन्।

उनीहरूले संसद्को रोष्ट्रम घेराउ गरिरहेका छन्। सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराए। सभामुखले यसअघि नै बस्न आदेश दिएका थिए।

भएको के हो ?
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको जवाफ दिइन् । स्पष्टीकरणमा सोधिएका प्रश्नको जवाफ दिएर आफ्नो धारणा सकिन् । सभामुखले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल समाप्त भएको जानकारी गराए ।

त्यसपछि श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ उठे । सभामुखले स्पष्टीकरणमा फेरि स्पष्टीकरण सोध्ने व्यवस्था नरहेको भन्दै बस्न आग्रह गरे । सभामुखले हर्कको प्रश्नको जवाफ आगामी दिनमा आउला भन्दै बस्न आग्रह गरे । हर्क बसेनन् । उनले मन्त्रीसँग स्पष्टीकरणमा सोधेका थिए, “संगीत, खेलकुद र चलचित्रलाई पनि उद्योग मान्छ सक्छौँ कि सक्दैनौँ । मान्न सक्छौँ भने त्यस क्षेत्रमा बजेट विनियोजन के कति गरेका छौँ । त्यसको उत्तर दिनुहोला ।”

मन्त्रीले आफ्नो प्रश्नमा जवाफ नदिएको भन्दै उठिरहे । सभामुखले भने, “स्पष्टीकरणमाथि स्पष्टीकरण हुँदैन । माननीय सदस्यले बोलेको कुरा आगामी दिनमा आउला । यहाँ बसेर वादविवाद नगरौँ ।”

सभामुखले आफूले सोधेको जवाफ मन्त्रीले नदिएपछि मन्त्रालयमा गएर पनि सोध्न सकिने समेत बताए । उनले सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे । हर्क मानेनन् । सभामुखले हर्कलाई बस्न आदेश गरे । “माननीय सदस्यलाई बस्न म आदेश गर्छु,” सभामुखले भने ।

हर्क बोलिरहे । सभामुखले फेरि आसनग्रहण गर्न आदेश दिए । हर्क बसेनन् । र, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयसँग सम्बन्धित छलफलमा उठेको प्रश्नको जवाफ दिन समय दिए ।

उनले जवाफ दिइन् । श्रम संस्कृति पार्टीका सांसद उभिए । त्यसपछि उनीहरू वेलमा पुगे । सभामुखले आदेशबारे ध्यानाकर्षण गराए ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको