हर्क साम्पाङको चालक अनुमति पत्र स्वतः रद्द, छानबिन गर्दै प्रहरी

काठमाडौं – प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको देखिएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख परीक्षण गर्दा उनले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार त्यसबेला उनले श्रेणी (ए) अन्तर्गतको लाइसेन्स जरिवानासहित नवीकरण गरेका थिए। तर त्यसपछि कानुनी समयसीमाभित्र पुनः नवीकरण नगरेको देखिएको छ। यस विषयमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले थप छानबिन तथा कानुनी परामर्श गरिरहेको बताइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार निश्चित अवधिसम्म नवीकरण नगरिएको चालक अनुमति पत्र स्वतः रद्द हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। प्राप्त विवरणअनुसार साम्पाङको लाइसेन्सको म्याद २०७३ पुस १२ मा समाप्त भएको र त्यसयता नवीकरण नभएको दाबी गरिएको छ।

कानुनी व्यवस्थाअनुसार म्याद समाप्त भएको पाँच वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था छ। तर उक्त अवधि पनि पार भएको अवस्थामा थप कानुनी प्रक्रिया लागू हुन सक्ने अधिकारीहरूको भनाइ छ।

यसअघि जेठ २९ गते उदयपुर गढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल चलाउँदा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले साम्पाङलाई कारबाही गरेको थियो। सामाजिक सञ्जालमा एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो खिचेको दृश्य सार्वजनिक भएपछि कारबाहीको माग उठेको थियो।

साम्पाङ यसअघि धरान उपमहानगरपालिका का प्रमुख थिए र हाल सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित छन्।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको