स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

बुटवल— लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीले संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३ बदेलपोखरीलाई हस्तान्तरण गरेको छ।

विशेष समारोहका बीच विद्यालय परिसरमा निर्माण गरिएको धाराको उद्घाटन तथा हस्तान्तरण गरिएको हो। संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायलाई लक्षित गर्दै धारा निर्माण गरिएको क्लबले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ पी नेपालका जिल्ला अध्यक्ष तथा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका पूर्व अध्यक्ष श्रीधर बस्यालले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको बताए।

धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल तथा विशाल खनाल, पूर्व अध्यक्ष एवं एरिया चिफ जीवन थापा क्षेत्रीलगायतले संस्थापक अध्यक्ष भेषराज पोखरेलको परिकल्पनाअनुसार विद्यालयमा सुरक्षित खानेपानी उपलब्ध गराउन धारा निर्माण गरिएको जानकारी दिए।

विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले क्लबले विद्यालयलाई छनोट गरी महत्वपूर्ण सामाजिक कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले यस योजनाबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा लियो क्लबका संस्थापक तथा पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारी, विभिन्न सामाजिक तथा परोपकारी संस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।वक्ताहरूले स्वर्गीय नुमराज पोखरेलको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको कार्य प्रशंसनीय रहेको बताए। उनीहरूले विद्यालयमा शुद्ध तथा सुरक्षित खानेपानीको उपलब्धता सुनिश्चित गर्न धारा प्रभावकारी हुने धारणा राखे।

क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। कार्यक्रममा समाजसेवी कमल सापकोटा तथा सरु थापाले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गरेका थिए।

सिफारिस

हिमाल, संस्कृति र प्राकृतिक सौन्दर्यको संगम ‘धम्पुस’ (तस्वीरहरू)

कास्की — व्यस्त शहरी जीवन र दैनिक कोलाहलबाट केही समय टाढा रहेर प्रकृतिको शान्त काखमा रमाउन चाहनेहरूका लागि धम्पुस उत्कृष्ट गन्तव्य बनेको छ। गण्डकी...

कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्डबाट प्रदीपराज वन्त सम्मानित

काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका...

कैलास–मानसरोवर : आत्माको एउटा अंश त्यहीँ छोडेर फर्किएको यात्रा (तस्वीरहरू)

भनिन्छ, कैलास पर्वत कसैले घुम्न जाने रहर गर्दैमा पुगिने ठाउँ होइन; जबसम्म देवका देव महादेवको ‘बुलावट’ (आह्वान) हुँदैन, तबसम्म त्यहाँ पुग्न असम्भव हुन्छ। कैलास–मानसरोवरको...

भर्खरै

कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्डबाट प्रदीपराज वन्त सम्मानित

काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ...

कैलास–मानसरोवर : आत्माको एउटा अंश त्यहीँ छोडेर फर्किएको यात्रा (तस्वीरहरू)

भनिन्छ, कैलास पर्वत कसैले घुम्न जाने रहर गर्दैमा पुगिने...

हर्क साम्पाङको चालक अनुमति पत्र स्वतः रद्द, छानबिन गर्दै प्रहरी

काठमाडौं - प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति...

रास्वपाले महाधिवेशन:  गगन र केपीलाई विशिष्ट अतिथिको निमन्त्रणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार...

१४ बुँदे अमेरिका–इरान समझदारी पत्रमा के- के छ ?

काठमाडौँ - इरान र अमेरिकाबिच भएको प्रारम्भिक सम्झौताका १४–बुँदे...

जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ, ६ असारमा भोटो देखाइने (तस्वीरहरू)

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत बुधबार रथलाई लगनखेलको थहिटी टोलबाट...

धेरै पढिएको